बुधबारबाट ललितपुरमा जुत्ता चप्पल व्यापार मेला

काठमाडौं । आउँदो बुधबारबाट जुत्ता चप्पल मेला सुरु हुने भएको छ । दशैं तिहार लक्षित यो मेला “नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित हरेक वर्ष सञ्चलनमा आइरहेको छ ।
कार्तिक ३ गते सम्म ललितपुर महानगरपालिका अन्तरगत जावलाखेल खेल मैदानमा वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८० आयोजना हुनेछ ।
आज पत्रकार सम्मेलन गर्दै आयोजक टोलीले यसको जानकारी दिएको हो । आर्थिक मन्दीको विषम परिस्थितिमा पनि अर्थतन्त्रलाई गतिशिल र चलायमान बनाउने उद्देश्यले यो अभियान जारी रहेको जनाइएको छ ।
विहान ९ बजेदेखि साँझ ७ बजेसम्म खुल्ला रहने यस मेलामा जुत्ता चप्पल उत्पादक कम्पनी र व्राण्डहरु रोयल शु इण्डष्ट्रिजको उत्पादन –रोयल शुज, वेश फुटवेयरको उत्पादन – वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुरास फुटवेयरको – क्रस रोड शुज, शुभकामना फुटवेयरको – फस्टवाक शुज, नमस्ते फुटवेयरको – सिल, आर.डि.कलेक्सनको – हाई लाईफ, केटिएम शुजको –केटिएम, डि.जे. शुज कम्पनीको – डि.जे. शुज, फुड फेशनको – वेली शुज, सर अनिल ट्रेड लिंक्सको– उत्सव र कोसेली छाला जुत्ता उद्योगको – कोसेली सुज गरि ११ वटा कम्पनी र व्राण्डहरुको सहभागिता रहनेछ ।
योसँगै नयाँ उत्पादनहरूलाई पनि सोही मेलामा सार्वजनिक गरिने जनाइएको छ । मेला अवधीभर ग्राहकहरूले जुत्ता चप्पल खरिद गर्दा न्यूनतम २० देखि ५० प्रतिशतसम्म छुट पाउनेछन् । तीन लाखलाई अवलोकन गराउने लक्ष्य लिएको यस मेलामा प्रवेश शुल्क लाग्ने छैन ।
प्रतिक्रिया