NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

नार्कको पाँच प्राविधिक अधिकृत बढुवा परीक्षामा सबै फेल

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कर्मचारी बढुवाका लागि लिइएको आन्तरिक परीक्षामा पाँच प्राविधिक अधिकृतसहित सात जना अनुत्तीर्ण भएका छन् ।

नार्कको पदपूर्ति समितिले गत चैत ३ गते प्रकाशित गरेको सूचनाबमोजिम सञ्चालित परीक्षामा प्राविधिक अधिकृत, टि–६ र लेखापाल, ए–५ पदमा कुनै पनि उम्मेदवार उत्तीर्ण नभएका हुन् ।

नार्कले लेखापाल, ए–५ को २, प्राविधिक अधिकृत, टि–६ को पाँच सिटमा बढुवाका लागि आवेदन आह्वान गरेको थियो ।

परिषदको कर्मचारी प्रशासन विनियम, २०४९ को विनियम १९(ख) बमोजिम आवश्यक अंक प्राप्त गर्न नसकेकाले यी पदमा बढुवाका लागि सिफारिस गर्न नसकेको पदपूर्ति समितिले जनाएको छ ।

त्यस्तै, जुनियर टेक्निसियनको ४९ सिटमा बढुवाका लागि आवेदन माग गरिएकोमा पाँच जनाको नाम निस्किएको छ । यो पदमा आवेदन नै कम परेको हो कि पर्याप्त आवेदन पर्दापर्दै पनि अनुत्तीर्ण भएका हुन्, परिषद्ले खुलाएको छैन ।

ताजा अपडेट

नेपालवाच विशेष