चेपाङ समुदायमै पहिलोपटक एमफिल गर्ने विश्वास

काठमाडौं । शैक्षिक र आर्थिक अभावबीच चितवनको चेपाङ वस्तीमा हुर्किरहँदा विश्वास चेपाङले सायदै सोचेका थिए – उच्च शिक्षा हासिल गर्छु, विदेश जान्छु र एमफिल गर्छु ।
कक्षा पाँचसम्म पढेपछि कसरी शिक्षा हासिल गर्ने भन्ने विषयमै धेरै संघर्ष गर्नुपर्ने चेपाङ सामुदायको आफ्नै अवस्थालाई चुनौती दिँदै विश्वास शिक्षाकै उच्चतम विन्दुमा पुग्न सफल भएका छन् ।
नौ वर्ष बुढानिलकण्ठमा अध्ययन गरेपछि उनले काठमाडौंको के एण्ड के कलेजबाट समाजशास्त्रमा स्नातक गरे । यूरोपियन युनियनको छात्रवृत्ति इरास्मस मुन्डुसअन्तर्गत स्नातकोत्तर गरे र हालै उनले काठमाडौं विश्वविद्याय स्कुल अफ एजुकेसनबाट एमफिल गरेका हुन् ।
पढ्ने अवसर पाएकै कारण उच्च शिक्षाका ढोकाहरू खुल्दै गएपनि समुदायमा अझै न्यूनतम शिक्षा हासिल गर्न भोग्नुपर्ने अवस्थामा परिवर्तन नआएको उनी बताउँछन् । ‘मैले त सकें तर म पछिका पुस्ताले अझै पनि पढ्ने अवसर पाएका छैनन,’ उनले भने, ‘अवस्था ज्यूँका त्यूँ छ । समय फेरिएपनि चेपाङहरूको अवस्था फेरिएन ।’
अति सिमान्तीकृत मानिने चेपाङ समुदायलाई शिक्षा हासिल गर्न अहिले पनि चुनौतीका पहाड कायमै छन् । विश्वासले बुढानिलकण्ठ स्कुलमा पाएको अवसरले कसरी आफ्नो जीवन नै रुपान्तरण गरे ? उचित शिक्षाले एउटा व्यक्तिको जीवनमा पार्ने सकारात्मक प्रभाव र समुदायकै कारण कालान्तरमा व्यक्तिले भोग्नुपर्ने समस्याका बारेमा यसपटकको एजुकेसन डायलगमा चर्चा गरिएको छ ।
कार्यक्रम प्रस्तोता नरोत्तम अर्यालले उनै विश्वाससँग यो समुदाले भोग्नुपरेका समस्या, न्यूनतम शिक्षाका लागि गर्नुपर्ने संघर्षलगायतका विषयबारे संवाद गरेका छन् ।
झण्डै एक घण्टा लामो संवादमा विश्वासले चेपाङ समुदायलाई अझै पनि भोको पेट टार्नकै लागि संघर्षरत हुनुपर्दा आधारभूत शिक्षा पाउन पनि चुकाइरहनुपरेको मूल्यको तीतो यथार्थ पोखेका छन् । चितवनको राप्ती नगरपालिकामा रहेका चेपाङ समुदायको प्रतिनिधित्व गर्दै उनले उजागर गरेका समस्या, चुनौती र अवसरबारे बुझ्न तलको भिडियो हेर्न सक्नुहुनेछ ।
प्रस्तुत छ पूरा भिडियो :
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया