काभ्रेमा पराल बोकेको मिनी ट्रक दुर्घटना हुँदा २ को मृत्यु, १ जना घाइते

काठमाडौं । काभ्रेमा पराल बोकेको मिनी ट्रक दुर्घटना हुँदा २ को ज्यान गएको छ । १ जना घाइते भएका छन् ।
पनौती नगरपालिका – २ स्थित सिलाभन्ज्याङमा मिनी ट्रक दुर्घटना हुँदा चालक पनौतीका ४० वर्षीय रबिन आचार्य र बेथानचोक गाउँपालिका- २ का ५० वर्षीय शिवविक्रम केसीको ज्यान गएको काभ्रे प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएका आचार्य र केसीलाई बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनमा बेथानचोक-२ की ४५ वर्षीया शारदा तिमल्सिना गम्भीर घाइते भएको र उनको शिर मेमोरियल अस्पतालमै उपचार भइरहेको छ ।
मंगलबार दिउँसो २ बजेतिर पनौतीको कुशादेवीबाट नयाँगाउँतर्फ जाँदै गरेको बा.४ ख.६७२३ पराल बोकेको ट्रक ब्रेक फेल भई सडकबाट करिब ६ सय मिटर तल खसेको थियो ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया