सन्दर्भ जाजरकोट भुकम्प: उच्च जोखिम समूहलाई जोगाउन कस्तो नीति चाहिन्छ ?

काठमाडौं । गत कात्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पका कारण यतिबेला उच्च जोखिममा रहेका सुत्केरी महिला, बालबालिका तथा जेष्ठ नागरिक थप प्रभावित भएका छन् ।
तर सरकारले यी उच्च जोखिममा रहेका समूहलाई थप मध्यनजर गरेर राहतको व्यवस्थापन गर्न नसक्दा उनीहरू झनै मर्कामा परेका छन् ।
प्राकृतिक विपद आइपर्दा समाजका उच्च जोखिममा रहेका वर्ग सधैं थप चपेटामा पर्छन् । तर उनीहरूको उचित व्यवस्थापनका लागि राज्यले बलियो नीति लिन नसक्दा अवस्था झनै विग्रिदैं जान्छ । परिणामतः दीर्घ रोगी, सुत्केरीले जाजरकोटको चिसोकै कारण ज्यान गुमाइरहेका छन् ।
नेपालवाचको नियमित टेलिभिजन प्रस्तुती पोलिसी डायलगको आजको श्रृंखलामा विपद्को सामाजिक पाटो र त्यसको दीर्घकालिन व्यवस्थापनका लागि आवश्यक नीतिको बारेमा छलफल गरिएको छ ।
महिला पुनस्र्थापना केन्द्र(ओरेक) की अध्यक्ष रेनु राजभण्डारी, राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय योजना आयोगकी सदस्य डा अनिता शाह ढुंगानासँग कार्यक्रम प्रस्तोता तथा राष्ट्रिय सभा सदस्य डा बिमला राई पौड्यालले संवाद गरेकी छन् ।
कार्यक्रमको पूरा अंश तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया