NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

राजश्वको स्वास्थ अवस्था कस्तो ?

काठमाडौं । सरकारले हरेक वर्ष राजश्वको लक्ष्य राख्छ तर लक्ष्य अनुसार प्राप्त हुँदैन । लक्ष्य अुनसार राजश्व संकलन नहुँदा गत वर्ष चालु खर्चले कर्मचारीलाई तलब पनि खुवाउन नसकिने अवस्था आयो ।

उक्त वर्ष राजश्वका परिचालनका हिसाबले निकै असाधारण वर्ष थियो । जसकारण सरकारले विभिन्न वस्तुहरूको आयातमा प्रतिबन्ध नै लगाउनुपर्यो । यो वर्ष भने केही सुधारका संकेतहरू आएको राजश्व सचिव रामप्रसाद घिमिरेले बताए। आर्थिक क्रियाकलापहरू लयमा फर्किरहेको कारण गत वर्षको तुलनामा राजश्व परिचालनमा सुधार आएको उनको दाबी छ ।

नेपालवाचको नियमित टेलिभिजन प्रस्तुती पोलिसी डायलगमा सहभागि हुँदै उनले राजश्वको लक्ष्य र संकलनमा खाडल हुनुमा आर्थिक गतिविधि नै कारण भएको बताका छन् । उनका अनुसार हाम्रो कारोबारमा आधारित अर्थतन्त्रलाई उत्पादनमा आधारित नबनाएसम्म यस्ता समस्या आइरहन्छन् ।

कार्यक्रममा सहभागि अर्का अतिथि प्रा.डा सञ्जय आचार्यले कर प्रणालीमा २०४८ सालदेखि अहिलेसम्मको अवस्थामा सुधार भएको बताए । आयकरमा व्यक्ति आफैंले आफ्नो कर तोकेर फछ्र्यौंट गर्नु, भन्सार प्रशासनमा कति सामान आयात/निर्यात भएवापत कति राजश्व उठ्यो भनेर केन्द्रीय तथ्यांकमा हेर्न सकिनुलाई उनले सुधारको सूचकको रूपमा पेश गरे ।

अबका दिनमा सरकारले व्यापारमा भन्दा बढी उद्योगमा ध्यान दिनुपर्ने प्रा.डा आचार्यको सुझाव छ । उत्पादनलाई प्रोत्सहन गरेर अहिले बढ्दै गएको औद्योगिक स्खलनलाई रोक्नुपर्ने उनले बताए ।

राजश्व प्रणालीका विद्यमान समस्या र गर्नुपर्ने नीतिगत सुधारबारे गरिएको पूरा बहस तलको भिडियोमा हेर्नुहोस् :