NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

भन्सार प्रमुखसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । विराटनगर भन्सार कार्यालयका तत्कालिन प्रमुख ताराबहादुर सापकोटासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । प्रज्ञापनपत्रको विवरण नै सिष्टमबाट डिलिट गरी भन्सार छलीको अभियोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।
भन्सार प्रमुख सापकोटा, भन्सार अधिकृत नवकुल शर्मा, देव इन्टरनेशल प्रालिका सञ्चालक शेरबहादुर बस्नेत र भन्सार एजेन्टका प्रतिनिधि सरन कुमार खरेलविरुद्ध मुद्दा दायर भएको हो । उनीहरुले ८४ लाख ५५ हजार भन्सार छली गरेको आयोगले जनाएको छ ।