NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

आठ महिनामै किन फेरिए काठमाडौं र अपराध अनुसन्धान कार्यालयका एसएसपी ?

काठमाडौं । गृह मन्त्रालयले शुक्रबार ६ एसएसपीको सरुवा गरेको छ । सरुवामा जिल्ला प्रहरी परिसर, काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख फेरिएका छन् ।
काठमाडौंमा एसएसपी बसन्त रजौरे र अपराध अनुसन्धान कार्यालयमा सानुराम भट्टराईलाई जिम्मेवारी दिइएको छ । काठमाडौं परिसरका एसएसपी भूपेन्द्रबहादुर खत्री र अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरलाई आठ महिनामै हटाइएको छ । स्रोतका अनुसार दुवै एसएसपीको कार्यशैलीसँग गृहमन्त्री रवि लामिछाने खुशी थिएनन् । सोही कारण हटाइएको हो ।
कोशी प्रदेश तालिम केन्द्र विराटनगरमा एसएसपी अभिनारायण काफ्लेलाई पठाइएको छ । त्यहाँ कार्यरत राजन अधिकारीको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ ।