NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

नेपालको बैंकिङ क्षेत्र अमेरिकाको भन्दा बलियो हो ?

काठमाडाैं । अमेरिकामा गत वर्ष सिल्भरगेट क्यापिटल कोर्प र सिलिकन भ्याली नामका दुई वटा ठुला बैंकहरु डुबे, तर पनि बचतकर्ताले आफ्नो बचत फिर्ता पाए । साथै त्यसको केही समय पछि सिग्नेचर बैंक पनि बन्द हुने घोषणा भयो ।

यी बैंकहरु बन्द हुँदा पनि यसको सम्पत्ति वित्तीय सेवा कम्पनी जेपीमोर्गनले अधिग्रहण गरेको थियो । ती बैंकका अधिकांश ग्राहक धनी थिए, उनीहरूले ऋण समयमै तिर्थे र पैसा पनि मज्जाले जम्मा गर्थे । अमेरिकी बैंकहरूमा निक्षेपकर्ताहरूलाई निक्षेप बीमा आपूर्ति गर्ने सरकारी संस्था फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन एफडीआईसीले रिपब्लिकसँगै सबै बैंकको प्रतिव्यक्ति २ लाख ५० हजार अमेरिकी डलरसम्मको मात्र जिम्मा लिएको थियो । दुई लाख ५० हजार डलरभन्दा बढी रकम जम्मा गरेका मानिसहरूले बैंक बन्द भएको खण्डमा आफ्नो पैसा फिर्ता नपाउने भएपछि धमाधम पैसा झिक्न थालेका थिए ।

निक्षेपकर्ताहरूले पैसा जम्मा गर्न छाडेपछि बैंकको सेयर ह्वात्तै घट्न थालेको थियो। बैंकले ग्राहकको आवश्यकता पूरा गर्न पर्याप्त पैसा भएको बताइरहेको थियो तर यो दाबी धेरै समय टिक्न सकेन ।प्रविधिक कम्पनीहरूमा लगानी गरेका सिलिकन भ्याली बैंक र सिग्नेचर बैंकबाटगत मार्चमा निक्षेपकर्ताहरूले पैसा झिकेकै कारण ती बैंक बन्द हुने अवस्थामा पुगे ।

फर्स्ट रिपब्लिक बैंक पनि वित्तीय सेवा कम्पनी जेपीमोर्गनको स्वामित्वमा गएको छ, यसको अर्थ रिपब्लिक बैंकका ग्राहक जेपीमोर्गनको ग्राहक हुन् र उनीहरूको सबै जम्मा भएको रकम सुरक्षित छ ।

यस्तै हल्ला केही समय अघि नेपालमा पनि चल्यो। एक बाणिज्य बैंकडुब्नै लाग्यो भनेर हल्ला चलेपछि राष्ट्र बैंकले यसको खण्डन गर्दै विज्ञप्ती जारी गर्यो ।

नियामकको आश्वासनको केही सिप लागेन, उल्टै त्यस बैंकको एक महिनामा झण्डै ३० अरब निक्षेप बाहिरियो। चैत महिनामा अरुले ब्याजदर घटाउँदा उसले बढायो।

नेपालको सन्दर्भमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी, एनसिसि, एनएमबी बैंकमा पनि विगतमा समस्या देखिएको थियो। ती बैंकमा पैसा राख्ने सर्वसाधारणले पनि आफ्नो पैसा गुमाउनु परेको थिएन । विज्ञहरुका अनुसार नियामक निकायले समयमा सही निर्णय गरेकै कारण सर्वसाधारणले आफ्नो पैसा गुमाउनु परेन । यसरी एक बाणिज्य बैंक डुब्ने हल्लकै भरमा बैंकको ३० अर्ब निक्षेप बाहिरिनुमा भने वित्तीय साक्षरता सँगसँगै बचतकर्तामा विश्वासको कमी रहेको विज्ञहरु बताउँछन्।

यसैसन्दर्भमा नेपालवाच मल्टिमिडिया र फाइनान्सियल लिट्रेसी नेपालको सहकार्यमा तयार पारेको भिडियो कार्यक्रम ‘कुरा पैसाको’  यो अंकमा बैंक डुब्ने हल्ला र यथार्थबारे विषय उठान गरेको छ ।

नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तिय संस्था नियमन विभागको कार्यकारी निर्देशक गुरु पौडेल हालको अवस्थमा नेपालका बैंक तथा वित्तिय संस्थाहरु सुढृढ, स्वस्थ भएकाले निक्षेपकर्तालाई ढुक्क भएर कारोबार गर्न अपिल गर्छन् ।

‘आजको अवस्थामा सबै बैंकले जनताको निक्षेप फिर्ता गर्न सक्ने अवस्थामा छ, संस्था समस्याग्रस्त अवस्थाा पुगेको छैन,’ उनले भने ।

नेपाल राष्ट्र बैंकले नजिकैबाट सुपरीवेक्षण गर्ने हुँदा कुनै संस्थामा समस्या छ भने उक्त बैंकको बारेमा सर्वसाधारणको लागि सूचित गर्छ । राष्ट्र बैंकले कुनै संस्थालाई त्यसको वित्तिय स्थितिको बारेमा वित्तिय स्थायित्वमा पर्न सक्ने प्रभावको बारेमा हेरेर जे सूचना प्रकाशन गर्छ त्यसको आधारमा सर्वसाधारणले सूचना लिएर काम गर्ने हो भनेपनि राम्रो हुने पौडेलको विचार थियो ।

नेपालमा कुनै समय बैंकहरुमा समस्या नआएको भने होइन । सरकारी क्षेत्रका बैंकहरु राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिेडमा पचास प्रतिशतभन्दा बढी एनपिएल (निष्क्रिय कर्जा) पुगेको थियो । निजी क्षेत्रका बैंकहरु पनि ६२/६३ सालसम्म आइपुग्दा केही बैंकहरुमा निष्क्रिय कर्जा अनुपात अत्याधिक वृद्धि भएर गएको थियो । जस्तो एनबी बैंकमा ३० प्रतिशत, एनसिसी २० प्रतिशत, र लुम्बिनीमा ३० प्रतिशतको हाराहारीमा थियो ।

ती संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले कतिपय अवस्थामा संस्थापकहरुबाट, प्रवद्र्धकहरुबाट पुँजी थप्न लगाएर, थप कर्जा प्रवाह गर्ने भन्दा रिकोभरीलाई बढी जोड दिएर, एनबिए (गैरबैकिङ सम्पति) लाई बिक्री गर्न लगाएर समस्याग्रस्त हुनबाट जोगाएको अनुभव पौडेलले कार्यक्रममा साझा गरे । त्यति मात्रै नभएर त्यतिबेला जनताको निक्षेप लिनेभन्दा पनि रिकोभरी एक्सपेक्टसलाई बढी जोड दिएर, संस्थाहरुलाई शुुसासनमा राखेर नेपाल राष्ट्रबैंकले क्लोज मोनोटोरिङ गरेकै कारण संस्थाहरु डुब्नबाट जोगिएको थियो । त्यो हिसाबले हेर्दा नेपालको ८६ वर्षको बैंकिङ इतिहासमा प्राकृतिक व्यक्तिको हकमा कनै पनि निक्षेपकर्ताले बैंक समस्यामा परेकै कारण आफ्नो निक्षेप गुमाउनुपरेको अवस्था नभएको उनले बताए ।

कार्यक्रमको पूरा अंश तलको भिडियोमा हेर्नुहोस्  :