सहसचिव तामाङ ५० हजार धरौटीमा छुटे

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचारमा प्रतिवादी रहेका सहसचिव रुद्रसिंह तामाङ ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । बिहीबार बिशेष अदालतमा उपस्थित भएका उनलाई धरौटीमा छाड्ने आदेश भएको हो ।
उनीविरुद्ध ११ करोड नौ लाख विगो कायम गरी गत फागुनमा अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर भएको थियो । त्यसबेला तामाङ अध्यागमन विभागको महानिर्देशक थिए । हाल उनी निलम्बनमा छन् ।
काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा उनी मेलम्ची विकास समितिको पदेन बोर्ड सदस्य थिए । त्यही बेला भुक्तानीसम्बन्धि निर्णयमा सहभागी हुँदा भ्रष्टाचार गरेको अभियोग उनीमाथि छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया