NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

एकै कर्मचारीलाई भ्रष्टाचारका पाँच मुद्दा, अदालतबाट सबैमा सफाइ

काठमाडौं । एक कर्मचारीविरुद्ध भ्रष्टाचारका पाँच मुद्दा दायर भएकोमा सबैमा सफाइ पाएका छन् । बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालले पाँच मुद्दामा सफाइ पाएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मितिमा दायर गरेका पाँचवटा मुद्दामा विशेष अध्यक्ष टेकनारायाण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले सफाइ दिएको थिो ।
जयसवालसमेतका विरुद्ध गत वर्ष ३ जेठमा र २४ साउनमा गैरकानुनी लाभका दुई मुद्दा दायर गरेको थियो। २० असार २०८० मा झुट्ठा विवरण पेस गरी भ्रष्टाचार गरेको भन्दै थप तीन मुद्दा दायर भएका थिए। यी सबैमा उनले सफाइ पाएका हुन् ।
कार्यसम्पन्न नहुँदै रकम भुक्तानी गरेकोजस्ता अभियोग उनीसमेत नगरपालिकाका कर्मचारी, उपभोक्ता समितिका पदाधिकारी, ठेकेदारलगायतमाथि मुद्दा दायर भएको थियो। सामुदायिक भवन निर्माण, खेल मैदान, संग्रहालय भवन निर्माण, सडक ढलानजस्ता कार्यमा अनियमितता गरेको अभियोग उनीमाथि थियो ।

 

ताजा अपडेट

नेपालवाच विशेष