बैंकको ब्याजदर घट्दा पनि किन बढ्न सकेन कर्जाको माग ?
काठमाडाैं । बैंक तथा वित्तीय संस्थामा निक्षेप थुप्रिन थालेको छ । बैंकमा तरलता बढिरहँदा ऋण प्रवाह दर भने निरन्तर घटिरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, गत चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा ५३ खर्ब ६७ अर्ब रूपैयाँ बचतकर्ताले जम्मा गरेका छन् । जबकि, गत आ.वको सोही अवधिमा बैंकहरूमा यस वर्षको भन्दा ७.२५ कम अर्थात् ४७ खर्ब ६४ अर्ब ६५ करोड रूपैयाँ निक्षेप जम्मा भएको थियो ।
जानकारहरू रेमिट्यान्स आप्रवाह निरन्तर बढ्नु, मन्दीले आर्थिक गतिविधिमा संकचुन आउनु, राजनीतिक वातावरण बिग्रनु जस्ता कारणले बैंकमा निक्षेप खात लाग्न थालेको बताउँछन् ।
राष्ट्र बैंकले बैंकिङ अवस्थाको विश्लेषण गरेर मौद्रिक नीतिको समीक्षासमेत गरेको छ । त्यसका लागि उसले बैंकदर घटाउनेदेखि घरकर्जा र सेयर कर्जामा खुकुलो नीति लिएको छ । पछिल्लो अर्थतन्त्रका बाहिरी सूचक सकारात्मक देखिएता पनि कर्जा प्रवाहमा भने अझै उल्लेख्य सुधार आउन सकेको छैन ।
नेपाल राष्ट्र बैंकका अनुसार, गत आर्थिक वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकहरूले ४१ खर्ब ५३ अर्ब ४४ करोड ऋण प्रवाह गरे पनि चालु आर्थिक वर्षको पहिलो नौ महिना साउनदेखि चैत्रसम्म ४४ खर्ब ८६ अर्ब १५ करोड कर्जा प्रवाह भएको छ । अघिल्लो आवको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ मा कर्जा प्रवाह बढे पनि राष्ट्र बैंकको लक्ष्य भने भेटिएको छ । राष्ट्र बैंकले यस वर्ष कर्जा विस्तार लक्ष्य ११.५ प्रतिशत राखे पनि चालु आबको ९ महिना वितिसक्दा ५ प्रतिशतमा मात्रै सीमित छ ।
बैंकमा तरलता अत्यधिक बढिरहेका बेला यता व्यवसायीहरू भने नयाँ व्यवसाय सञ्चालनका लागि आफूहरूसँग पर्याप्त रकम नभएको गुनासो गर्छन् ।
कर्जा प्रवाह किन बढ्न सकेन, बढाउन के गर्नुपर्ला, कर्जाको सही सदुपयोग कसरी गर्नेलगायत सम्बन्धित विषयमा राष्ट्रिय वाणिज्य बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठसँग सानिमा बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत भुवन दहालले गरेको छलफलको पूरा अंश तलको भिडियोमा हेर्नुहोस् :
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया