NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १५ गते

के हो म्युचअल फण्ड ? यस्ता छन् एसआइपीमा लगानी गर्दाका फाइदा

काठमाडाैं । हामीमध्ये धेरैले म्युचअल फण्डको बारेमा सुनेका छौँ । तर यसमा लगानी किन र कसरी गर्ने भन्ने ज्ञान भने थोरैलाई मात्रै हुन सक्छ । पुँजी बजारमा लगानी गर्नेहरुको लागि म्युचल फण्ड पनि एक चासोको विषय नै हो ।

पछिल्लो समय सेयर बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या बढेसँगै म्युचअल फण्डमा पनि आकर्षण बढ्दो मात्रामा छ । नेपाल स्टेक एक्सेचञ्जका अनुसार हालसम्म ३६ वटा म्युचल फण्ड नेप्सेमा सूचीकृत छन् ।

म्युचअल फण्ड स–साना लगानीकर्ताहरुबाट संकलित कोष हो । जसलाई सामूहिक लगानी कोष भनेर पनि परिभाषित गर्न सकिन्छ । यसको व्यवस्थापन र सञ्चालन पोर्टफिलियो प्रबन्धकले नै गर्ने गर्दछन् ।

सामान्यतया आइपिओ प्रतिकित्ता एक सय रुपैयाँमा खरिद गर्न सकिन्छ भने म्युचल फण्ड प्रतिकित्ता १० रुपैयाँ पर्दछ । यो कम्तीमा पनि एक हजार कित्ता खरिद गर्नुपर्ने हुन्छ ।

लगानी गर्न इच्छा भएको तर कहाँ लगानी गर्ने भनेर बिजनेसको आधारभूत ज्ञान नहुनेहरुको लागि म्युचल फण्ड एक महत्वूपूर्ण माध्यम हुन सक्ने यही क्षेत्रका विज्ञहरुको धारणा छ । यसमा कम जोखिम हुने हुँदा जोखिम लिन डराउनेहरुको लागि म्युचअल फण्ड राम्रो छनोट हुन सक्छ ।

साना लगानीकर्ताले आफै लगानी गर्दा बजारमा जोखिम बढी हुने तर फण्ड म्यानेजरको माध्यमबाट लगानी गर्दा लगानीको जोखिम व्यवस्थापन हुने र रिर्टन पनि राम्रो आउने एनएमबी क्यापिटलका कोष व्यवस्थापन प्रमुख आशिष राज पाण्डे बताउँछन् ।

नेपाल धितोपत्र बोड (सेबोन) ले धितोपत्र बोर्ड २०६३ अन्र्तगत जारी गरेको सामूहिक लगानीकोष नियमावली २०६७ अनुसार म्युचअल फण्डलाई दुई भागमा परिभाषित गरेको छ । एउटा खुलामुखी योजना अर्को बन्दमुखी योजना ।

म्युचअल फण्ड साना लगानीकर्ताको लागि प्राथामिकतामा भएपनि यसमा ठूला र संस्थागत लगानीकर्ताको बढी लगानी रहेको देखिन्छ । विगत लामो समयदेखि सेयर बजारमा सुधार नहुँदा म्युचअल फण्डमा त्यसमा पनि बन्दमुखी योजनामा नयाँ लगानीकर्ता प्रवेश नगरेको कारण संस्थागत लगानीकर्ताको उपस्थिति मात्रै देखिएको पाण्डेको भनाइ छ ।

त्यस्तै म्युचअल फण्डमा लामो समयसम्म आफ्नो लगानी रोक्का हुने, अस्थिर लाभांसलगायतका कारणले साना लगानीकर्ता आकर्षित हुन नसकेको लक्ष्मी सनराइज क्यापिटलका स्कीम म्यानेजर भविष थापा बताउछन् ।

खुलामुखी योजनाअन्र्तगत एसआइपीमा भने साना लगानीकर्ताको आकर्षण बढ्दो मात्रामा रहेको पाण्डे उनको भनाइ छ ।

म्युचअल फण्डमा छोटो अवधिको लागि भन्दा पनि लामो समयमको लागि लगानी गर्दा राम्रो हुने थापा बताउछन् ।

अहिले पनि म्युचअल फण्डमा किन लगानी गर्ने, यसका फाइदा बेफाइबारे धेरै लगानीकर्ता अन्योलमा छन् । एसआइपी जस्ता खुलामुखी योजनामा लगानी गर्दा हुने फाइदाबारे लगानीकर्तालाई बुझाउन वित्तिय साक्षरता बढाउनुपर्ने आवश्यकता औल्याँउछन् ।

म्युचअल  फण्ड र यसका प्रकार, एसआइपीमा लगानी किन गर्ने, लगानी गर्दा हुने फाइदालगायत विषयमा सम्बन्धित रहेर सिद्दार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीसँग नेपाल धितोपत्र बोर्डका पूर्व निर्देशक निरज गिरीले गरेको छलफलको पूरा अंश तलका भिडियोमा हेर्नुहोस् :