तीन सहसचिवको सचिवमा बढुवा

काठमाडौं । न्याय तथा सरकारी वकिलतर्फका तीन सहसचिवको सचिवमा बढुवा भएको छ । खेमराज ज्ञवाली, यमबहादुर बुढा मगर र भद्रकाली पोखरेलको बढुवा भएको हो ।
शुक्रबार बसेको न्याय सेवा आयोगको बैठकले बढुवा गरेको छ ।
महान्यायाधिवक्ता कार्यालयका ज्ञवाली नायब महान्यायधीवक्ता बनेका छन् । यमबहादुर बुढालाई न्याय परिषद्को सचिवको जिम्मेवारी दिइएको छ भने भद्रकाली सर्वाेचच अदालतको रजिष्ट्रार बनेका छन्।
बैठकले सहसचिवको सरुवा पनि गरेको छ । गंगाबहादुर खरेलको कानुन आयोग तथा लिलाधर सुवेदीको मुख्यमन्त्री कार्यालय, सुदुरपश्चिममा सरुवा भएको छ ।
ताजा अपडेट
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
-
नेप्से परिसूचक २.४० अंकले बढ्यो ,कारोबार कति ?
-
दक्षिण एसियाली कराँतेमा नेपाल उपविजेता
-
खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या : गभर्नर पौडेल
प्रतिक्रिया