NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १३ गते

कोटेश्वरमा भएको दुर्घटना स्कुटरमा सवार महिलाको मृत्यु

काठमाडौँ । काठमाडौँको कोटश्वरमा शुक्रबार दिउँसो भएको दुर्घटनामा एक महिलको जनाको मृत्यु भएको छ । कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको टिपर र सोही दिशामा जाँदै गरेको स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
बा ३ ख ३०५३ नम्बरको अलकत्र बोक्ने टिपरमा बागमती प्रदेश ०२–०३९ प ९९५२ नम्बर स्कुटर ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा स्कुटरमा सवार ललितपुर सानागाउँ निवासी ४३ वर्षिया लक्ष्मीदेवी श्रेष्ठको मृत्यु भएको हो । स्कुटर चालकको अवस्था भने सामान्य छ । घटनापछि प्रहरीले टिपर चालक सोमबहादुर तामाङलाई पक्राउ गरेको छ । घटनाको विस्तृत अनुसन्धान अघि बढाइएको वानेश्वर वृत्तका डिएसपी शिवराज बुढाथोकीले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष