अटिजमका बालबालिकाको शिक्षा र दिनचर्या कसरी सामान्य बनाउने ?
काठमाडौं । अटिजम जन्मजात बालबालिकाको नसा र तन्तुमा देखिने एक किसिमको समस्या हो, जुन १८ महिनादेखि ३ वर्षसम्म थाहा पाउन सकिन्छ । अटिजम पूर्ण रुपमा निको हुँदैन तर यसको पुर्नरस्थापना गर्न सकिन्छ ।
अटिजमका बालबालिकालाई सानैबाट जस्तो व्यवहार सिकायो पछिसम्म त्यस्तै बानी हुन्छ । यो समस्या जति विकाराल छ त्यति नै चुनौतीपूर्ण पनि । विशेष स्कुल तथा पुनस्र्थापना केन्द्रकी अध्यक्ष सबिता उप्रेती अटिजम भएका बालबालिकालाई सामान्य अवस्थामा फर्काउन नसेकपनि उनीहरुको बानी व्यवहारमा भने केही सुधार ल्याउन सकिने बताउँछिन् ।
यसको लागि उनीहरुलाई अभिभावकले घरमा भिन्न वातावरण र व्यवहार सिर्जना गनुपर्छ । अटिजमका बालबालिकामा महत्वपूर्ण भूमिका अभिभावकको नै हुने उनी सुनाउँछिन् ।
नेपालवाचको नियमित भिडियो प्रस्तुती एजुकेसन डायलगको नयाँ अंकमा अटिजमका बालबालिकालाई गर्ने व्यवहार, उनीहरुप्रति अभिभावक र विद्यालयको भुमिका, घरको वातावरणलगायत विषयमा केन्द्रित रहेर प्रस्तोता नरोत्तम अर्यालले विशेष स्कुल तथा पुनस्र्थापना केन्द्रकी अध्यक्ष सबिता उप्रेतीसँग छलफल गरेका छन् ।
कार्यक्रमको पूरा अंश हेर्न :
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया