NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २० गते

दुई करोडको ठग्न आफ्नै सुन पसलमा डकैती

काठमाडौं । व्यापारमा घाटा लागेपछि एक व्यवसायीले आफ्नै सुन पसलमा डकैती गराएका छन् । बीमा रकम ठगी गर्ने सुन पसलेले आफ्नै पसलमा चोरी गराएको प्रहरी अनुसन्धानमा खुलेको छ । चितवनको कालिका–६ खोलेसिमलस्थित सुन पसलमा भएको चोरीको अनुसन्धान गर्ने क्रममा सञ्चालक विनोद सुनारलाई नै प्रहरीले पक्राउ गरेको छ ।

हतियारधारी व्यक्तिहरु आएर दुई करोड १७ लाख ५४ हजार रुपैयाँ बराबरको सुन चोरी भएको उजुरी उनले गरेका थिए । केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले गरेको योजनामा चोरी भएको नाटक गरी बीमा रकम ठगी गर्न योजनाबद्ध रुपमा एक समूहलाई खटाएको खुलेको छ ।
सिआइबीले सुन पसले सुनारसहित विजय विश्वकर्मा, पूर्णबहादुर विश्वकर्मा, पवन कुमार पासवान र अन्जना पुडासैनी केसीलाई पक्राउ गरेको हो ।

उनीहरुमध्ये विजय सुन पसलका प्रबन्धक हुन् । पवन र पूर्णबहादुरले चोरी गरेको र अन्जनाले सो सुन लुकाउन सहयोग गरेको प्रहरीले जनाएको छ ।

त्यसरी डकैती गराउनुअघि उनले आफ्नो सुन पसलको बीमा गराएको समेत अनुसन्धानमा खुलेको छ ।