क्रेटिड रेटिङ किन र कसरी गरिन्छ ?
काठमाडाैं । क्रेटिड रेटिङले कुनै पनि संस्थाको आय र विगतको कर्जा चुक्ता गर्ने क्षमताको आधारमा उसको कर्जा योग्यतालाई जनाउँछ । जसलाई कर्जाको आधारमा गरिने शाखको मूल्यांकन भनेर पनि परिभाषित गर्न सकिन्छ । यसले कुनै पनि संस्था, ऋणी वा उद्यमलाई कर्जा दिँदा कति जोखिम छ भन्ने देखाउँछ ।
नेपालको सन्र्दर्भमा क्रेटिङ रेटिङ व्यवसायलाई नियमित र व्यवस्थित गर्न नेपाल धितोपत्र बोर्डले वि.सं २०६८ बाट ‘क्रेडिङ रेटिङ नियमाली’ लागु गरेको हो । क्रेडिट रेटिङ भन्नाले मुख्यतया निष्काशनकर्ताको धितोपत्र, कुनै व्यक्ति वा संगठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्याङ्कन गर्ने तथा राय प्रकट गर्नेलगायत तत्सम्बन्धी प्रक्रियासमेत सम्झनुपर्छ भनेर नियमावलीमा उल्लेख छ ।
सो नियमावलीअनुसार कम्तीमा तीन करोडभन्दा बढी मूल्यको सेयरको सार्वजनिक तथा हकप्रद निष्काशनमा रेटिङ गर्नुपर्ने व्यवस्था छ । बोर्डले आवश्यक देखेमा तीन करोडभन्दा कम मूल्यको सेयरको निष्काशन गर्नुपरेमा पनि रेटिङ गर्न सक्छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत जुनसुकै व्यक्ति वा व्यवसायले ५० करोडभन्दा माथि कर्जा लिँदा अनियार्य रुपमा व्यवसायको रेटिङ गर्नुपर्ने व्यवस्था गरेको छ । तर त्यो व्यवस्थाअनुसार कम्पनीहरुको रेटिङ भने भएको देखिँदैन । कम्पनीहरू रेटिङप्रति अनिच्छुक र लगानीकर्ताहरुमा पनि रेटिङसम्बन्धी कम सूचना र ज्ञान भएको पाइन्छ ।
नेपालमा हाल तीन रेटिङ ऐजेन्सी सञ्चालनमा छन् । जसमध्ये नेपालको पहिलो रेटिङ एजेन्सी इक्रा नेपाल हो । यो भारतबाट सञ्चालित इक्राको सहायक कम्पनी हो । इक्रा सन् २०१२ देखि नेपाल धितोपत्र बोर्डबाट इजाजत लिई यो एजेन्सी सञ्चालनमा छ ।
इक्रामा इक्रा नयाँ दिल्ली, ग्लोबल आईमई, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल बैंक, प्रभु बैंक, कर्जा सूचना केन्द्र, रत्नराज बज्रचार्य, सुरेन्द्र राज शर्मालगायत विभिन्न व्यक्ति तथा संस्थाहरुको ७ लाख २० हजार कित्ता शेयर रहेको छ ।
नेपालको दोस्रो रेटिङ एजेन्सी हो केयर रेटिङ नेपाल । यो संस्था भारतको केयर रेटिंग्सको साहयक कम्पनी हो । नेपालमा सन् २०१७ बाट धितोपत्र बोर्डबाट अनुमति लिई सञ्चालनमा छ । यो संस्थामा केयर रेटिङ भारत, विशाल ग्रुप, ग्लोबल आईएमई बैंक, इर्मजिङ नेपाल, नेपाल पुर्नबीमा कम्पनी, अप्रिल अग्रवाललगायत व्यक्ति तथा संस्थाको ५ लाख कित्ता सेयर छ ।
तेस्रो रेटिङ एजेन्सीको रुपमा रहेको छ इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल । यसमा इन्फोमेरिक्स भ्यालुएसन एण्ड रेटिङ प्रालिको ५१ प्रतिशत शेयर छ । त्यसबाहेक हाइग्रिभ होल्डिगंस प्राली, निता अग्रवाल, नेहा अग्रवाल, आकाश सुमन, मृदुला सरियालगायतको बाँकी ४९ प्रतिशत शेयर रहेको छ । यस कम्पनीको चुक्ता पूँजी १० करोड रहेको छ ।
रेटिङ एजेन्सीहरूमा प्रविधि हस्तान्तरण र विश्वासनियता बढाउन नियामलीले नै विदेशी संस्थाको बहुमत धेरै हुनुपर्ने व्यवस्था गरेको छ । यद्यपि रेटिङ एजेन्सीमा बैंक र वितिय संस्थाको बढी स्वामित्व रहेको सन्दर्भमा ‘conflict of interst’ हुने देखिन्छ । त्यसैले रेटिङ एजेन्सीप्रतिको विश्वासनियता बढाउन नियामक निकायले यससम्बन्धमा पुनरावलोकन गर्नुपर्ने देखिन्छ ।
नेपालवाच र फाइनान्सियल लिट्रेसी नेपालको सहकार्यमा तयार पारेको टेलिभिजन कार्यक्रम ‘कुरा पैसाको’ नेपालमा क्रेडिट रेटिङ एजेन्सी, किन गर्ने, यसका फाइदालगायत विषयमा केन्द्रित रहेर इक्रा नेपालका रेटिङ विभाग प्रमुख शैलेश सुवेदीसँग धितोपत्र बोर्डको पूर्व कार्यकारी निर्देशक निरज गिरीले गरेको कुराकानी तल हेर्नुहोस् :
प्रतिक्रिया