स्वस्थ भएर धनी बन्ने कसरी ?
काठमाडौं । ‘स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो’ । बहुप्रचलित यो नारा प्रायः सबैको मुखमा झुन्डिने गरे पनि व्यवहारमा भने लागू भएको पाइँदैन । भनाइ र गराइमा तालमेल नहुँदा पछिल्लो समय गाउँ तथा सहरमा स्वस्थ तथा तन्दरुस्त व्यक्ति भेट्नै मुस्किल पर्न थालेको छ ।
भागदौडपूर्ण दैनिक, अस्वस्थकर जीवनशैली, खानपानलगायत कारण नेपालीहरू थाहै नपाइ विभिन्न रोगहरूबाट संक्रमित बनिरहेको चिकित्सकहरू बताउँछन् । विशेषगरी मधुुमेह, उच्च रक्तचाप, मृगौला, मुटु, हृदयघात, सिओपिडी, स्ट्रोक, श्वासप्रश्वास, हाइपरटेन्सन, क्यान्सरजस्ता प्राणघातक रोगको सिकार नेपालीहरू भइरहेका छन् ।
स्वास्थ सेवा विभागको तथ्यांक हेर्दा हरेक वर्ष दीर्घरोगका विरामी बढिरहेका छन् । विभागका अनुुसार आर्थिक वर्ष २०८०/८१ मा मधुुमेहबाट ६ लाख ९९ हजार ८२६ नेपाली संक्रमित हुँदा विभिन्न किसिमका क्यान्सरबाट ३३ हजार ४२२, सिओपिडी र कार्डियोभास्कुुलबाट ३ लाख ५८ हजार ९१३ जना संक्रमित भएका थिए ।
जबकि आर्थिक वर्ष २०७९/८० मा मधुुमेहबाट ५ लाख ७२ हजार ८१५, क्यान्सरबाट २७ हजार ४५३ र सिओपिडि तथा काडियोभास्कुुलर समस्याबाट ५ लाख ५७ हजार ३७४ जना मानिस मात्र प्रभावित भएका थिए । आथिक वर्ष ०७६/७७ मा विभिन्न क्यान्सर रोगीको संख्या १७ हजार ११९ थियो । तर यो संख्या ०८०/८१ मा आउँदा बढेर ३३ हजार ४२२ पुुगेको छ । क्यान्सर मात्र होइन, अन्य रोगका बिरामी पनि यसैगरी बढिरहेका छन् ।
चिकित्सकहरूका अनुसार साधारण लक्षण देखिए लगत्तै उपचार गरे दीर्घरोगहरूमध्ये अधिकांश निको हुने सम्भावना रहन्छ । तर संक्रमितहरू रोगले च्यापिसकेपछि मात्र चिकित्सकको सम्पर्कमा पुग्ने गरेकाले समस्या हुने गरेको छ । दीर्घ रोगहरूको उपचार महँगो समेत हुने भएकाले त्यसलाई धान्न नसक्ने आर्थिक अवस्थाका व्यक्तिले त अकालमा ज्यान गुमाउने गरेका छन् ।
नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० अनुसार कुल जनसंख्याको २०.२७ प्रतिशत अर्थात् ५८ लाख ६३ हजार १९४ नपाली गरिबीको रेखामुुनि छन् । टेलिभिजन कार्यक्रम कुुरा पैसाको नयाँ अंकका प्रस्तोता भुुवन दहालले डा. भगवान कोइरालासँग स्वास्थ नै धन भन्ने विषयलाई केन्द्रमा राखेर छलफल गरेका छन् ।
हेरौं छलफलको पूरा अंश :
प्रतिक्रिया