पुस्तान्तर र प्रशासन
समयको अन्तरालमा विचार, दृष्टिकोण, मूल्य, विश्वास, प्राथमिकता र व्यवहार परिवर्तन हुनु सामान्य अर्थमा पुस्तान्तर हो । पुस्ताक्रममा सामाजिक व्यवहार र शैली परिवर्तन र परिमार्जन हुँदै जान्छन् । तर एकै समयमा पनि फरक उमेर समूह र विचारका मानिसहरुबीचको अन्तरसम्बन्ध रहने अवस्थामा पुस्तान्तरको महसुस बढी हुने गर्दछ ।
१८ औं सताव्दीसम्म पुस्तान्तरको प्रक्रिया ढिलो थियो । एकै परिवारमा तीनपुस्ता सहज रुपमा अटाउथे । एकअर्काको सोचबृत्ति र प्रवृत्तिले नाती–नातिना, बुबा–आमा र हजुरबुवा–हजुरआमामा खासै असजिलो महसुस हुदैनथ्यो । साठीको दशकदेखि यसलाई महशूस गर्न थालिएकोमा पछिल्ला दिनमा पुस्तान्तरको प्रक्रिया यति गतिवान भयो कि एकै पुस्ताभित्र पनि अनुकूलनमा जटिलता देखिन थाल्यो । परम्परागत विश्वासमा आएको स्खलन र सामाजिक गतिशीलताले पुस्तान्तरलाई थप तीव्र बनाएको छ र एकप्रकारको उकुसमुकुस देखिएको छ ।
भनिन्छ अमेरिकी समाजमा अहिले छ पुस्ता छन्, ईश्वीको १९०१ देखि १९२४ सम्म जन्मिएका भेटेरानहरु, त्यसपछिको दुईदशकका मौनपुस्ता, त्यसपछिको बेवी बुमर, जेनेरेशन एक्स, मिलेनियल्स र जेनेरेशन जेड । अब अल्फा जेनेरेशन हुर्किदै छ । अहिले विश्वमा २२ प्रतिशत जनसंख्या जेनजी छ भने विश्वको श्रमशक्तिमा यसले २७ प्रतिशत भाग लिइरहेको छ । याने कि सबैभन्दा अहमशक्ति नै जेनजी हो । प्रत्येक पुस्ताका आफ्नै स्वभाव, मूल्य र चरित्रहरु छन्, तिनीहरु एकअर्को पुस्तालाई अनौठा लाग्न सक्छन् । अनुकूलित हुनुको विकल्प छैन तर अनुकूलनमा पीडा पनि छ । अनुकूलित हुने कसरी रु यही चुनौती हो ।
पुस्तान्तरको प्रभाव समाज व्यवस्थाका सवै पक्षमा पर्दछ, सार्वजनिक प्रशासन त्यसबाट अछुतो रहन सक्दैन । सार्वजनिक प्रशासन समाजको विम्व हो । प्रत्येक पुस्ताले आप्mनो परिवेश, पृष्ठभूमि र पीडालाई वोकेको हुन्छ र त्यसको प्रभाव उसको व्यवहारमा देखिन्छ । जस्तो कि परम्परागत समाज (ग्रेटर जेनेरेशन) जो १९२५–१९४५ सम्म जन्मिए, अहिले उनीहरु सार्वजनिक सेवाबाट निवृत्त पनि भैसके । यो पुस्ता रित्तिदै छ । यस पुस्ताले महानमन्दीको पीडा भोग्यो, दोस्रो विश्वयुद्धको दुखान्त पनि बुझ्यो र भोग्यो पनि । उनीहरुमा नीति एवम् संस्थाप्रति विश्वास र निष्ठा, उच्च आदरभाव र आहोदामुखी व्यवहार देखिन्छ, औपचारिकता र आदर्श यस पुस्ताको जीवनमूल्य हो । त्यसपछिको पुस्ता वेवीबुमर ९१९४६–१९६०० मा वेस्टफेलियाको अन्त्य र विश्व संस्थाहरुको जन्म, सामाजिक–आर्थिक पुनर्मिाणको प्रभाव देखियो ।
गुणस्तरमा मोह, पदीय अहम्, वैयक्तिकता, अवसर र अधिकारप्रति सचेत रहनु यस पुस्ताका मूल्य थिए । यो पुस्ता तुलनात्मक रुपमा दम्भी पनि छ, सितिमिति सम्झौता गर्न रुचाउदैन । धेरैजसो मुलुक र विश्वसंस्थाका नीति वर्चस्व अहिले यसै पुस्तामा छ । दम्भ र अभिमानले संस्था र मुलुकहरु संकटमा पनि परेका छन् । भियतनाम युद्ध, मुलुकहरुमा नवस्वाधिनताका संग्राम एवम् गृहयुद्ध, द्वन्द्व, शक्तिका लागि हत्या ९जे एफ केनेडी, मार्टिन लुथर, रवर्ट केनेडी०, विश्वराजनीतिमा द्वीध्रुवीयता र शीतयुद्ध, हेनरी किसिन्जरीय कुटनीति, सामाजिक आन्दोलनजस्ता कारणले यस पुस्ताको मूल्यबृत्ति स्वात्तै परिवर्तन भएको पाइन्छ । जसको स्पष्ट प्रभाव प्रशासनमा देखियो ।
१९६५–१९८० सम्म जन्मिएका जेनेरशन एक्स बैयक्तिक असुरक्षा, पारवारिक परिवेशबाट न्यून माया, आफ्नै कमाइले जीवन व्यवस्थापन गर्नुपर्ने बाध्यताले गर्दा विविधतामुखी, संघर्षशील, सन्तुलित र ग्लोवल माइन्ड सेटमा देखिए । प्रविधिलाई उच्च आदर गर्नथाल्यो । मौजुदा संगठन संरचना र कार्यवातावरणमाथि असहमित जनाइ नवीन अविस्कार गर्नथाल्यो । १९८०–२००० सम्म जन्मिएका मिलेनियल्स डिजिटल समाजका पारखी हुन् ।
सानो र खण्डीकृत परिवार, परम्परागत संस्थाप्रति असहमति, उच्च कार्यउपलव्धि, उच्च तलव, लचकदार कार्यसमय ९ल्फेक्सी टायम०, तर परम्परागत नियम र कार्यविधिप्रति विद्रोह मिलेनिल्सका विशेषता हुन् । यो पुस्ता २४ सै घण्टा आइफोन, आइप्याड जस्ता ग्याड्जेट र सञ्जालीकरणमा रमाउछ, फरासिलो छ र हरेक कुरा गर्न सकिन्छ भन्ने आशा राख्छ । विज्ञान, इञ्जिनियरिङ, प्रविधि र गणितप्रतिको आकर्षण छ । बोल्दा पनि गणितमा (सटिक) भन्छ । कर्मप्रति समर्पण छ तर अरुप्रति नोजी छैन, मतलव राख्दैन । सन् १९९५ देखि २००९ सम्म जन्मिएका जेनेरेशन जेड ९जेनजी० डिस्रप्टिभ छ । रोवोटिक र कृतिम बौद्धिकताको समयको यो पुस्ता यान्त्रीकृत छ, कथामा होइन गतिमा बोल्छ ।
स्वावलम्वी छ, अरुको विषयमा खासै चाख राख्दैन । यही पुस्ताले विश्वव्यापी वित्ती तनाव र कोभिड महामारीजस्ता समस्याको सामाना ग¥यो । यसको सोचवृत्ति सिर्जनात्मक तनावमा छ । यसर्थ संस्था तथा अरुसंग गर्ने व्यवहारमा नितान्त फरकपन ल्याइरहेको छ । आफूहरुप्रतिको व्यवहार पनि आफ्नै प्रकृतिको हास भन्ने यसको चाहना छ ।
तर यी पुस्ताबीच आधारभूत भिन्नतामात्र होइन, समानता पनि छन् । पुस्ताहरु समाजको विवेकशील पुननिर्माणको इट्टा थप्दै जान्छन् । कार्यकुशल कार्यविधि, अन्तरवैक्तिक विश्वास र अर्गनाइजेशनल पोलिटिक्स अनि सांगठनिक मूल्य (जिम्मेवारीबोध, प्रतिस्पर्धा, उच्च पारिश्रमिक) मा पुस्ताबीच समानता छ, केवल यी कुरामा प्रोटोटाइप खाका हुनुहुदैन भन्नेमा आआफ्नै विचार, दृष्टिकोण र विश्वासमा पुस्तेनी परिस्करण आएको हो, जसको प्रभाव बृत्ति, प्रवृत्ति र कार्यसंस्कृतिमा देखिदै आएको हो ।
सञ्चार अन्तरक्रियाको माध्यम छापा हुदै रेडियो, टेलिभिजन र डिजिटलमा रुपान्तरित हुदा, शासकीय प्रणाली र सामाजिक मञ्चहरु परिवर्तन हुदा र तेस्रो औद्योगिक क्रान्तिपछि विचारको विस्फोट हुदा सार्वजनिक व्यवस्थापनलाई यसले प्रभाव नपारी रहनसक्ने अवस्था रहेन । चेतना स्तर बढ्यो, सेवाग्राही सेवाका नवीन स्वादका पारखी बने, सेवाप्रदाता बनेका वृत्तिसेवकहरु सेवाग्राही स्वाद सन्तुष्टिमा निरन्तर आविस्कारमुखी बने ।
विश्वमा सार्वजनिक प्रशासनको विकासक्रम विश्लेषण गर्दा त्यहा पाच चरण (पुस्ता) रहेको र यी चरणहरुभित्र थुप्रै लहरहरु आएको देख्न सकिन्छ । पहिलो पुस्तालाई प्रिजेनेरेशन चरण भन्न सकिन्छ । यस चरण सार्वजनिक प्रशासनको उद्भवभन्दा पहिलाको चरण हो, जुन समयको नेतृत्व प्लेटो, एरिस्टोटल, मेकिएवेलीले गरे र अठारौ सताव्दीपूर्वसम्म रह्यो । त्यसपछि विशेषतस् सन् १८८० देखिको अवधि दोस्रो पुस्ता हो, जहा प्रशासनलाई विधागत रुपमा चिन्ने, चिनाउने र स्वतन्त्र भूमिका दिनका लागि बहस, विचार र बैचारिक आन्दोलन भयो । लरेञ्ज भोन स्टोइन, विड्रो विल्सन, म्याक्स वेवरजस्ता विचारक यसका अभियान्ता थिए । त्यसपछिको १९४० देखिको अवधि तेस्रो पुस्ता थियो ।
लुथर गुलिक, उर्विक, हेनरी फोएल र हूवर कमिशन प्रतिवेदन सम्मका अवधिलाई तेस्रो पुस्तामा लिइन्छ । विकास प्रशासनको शुरुवात, योजना प्रणाली, व्यवस्थापनवादको प्रयोग, आयोजना प्रणालीको शुरुवात यस समयका महत्वपूर्ण कार्य थिए । १९८० पछि नया सार्वजनिक व्यवस्थापन र अलगोरको प्रतिवेदनले भित्र्याएको नया व्यवस्थापन र नतिजावाद चौथो पुस्ताका रुपमा आए । यसले संगठन संरचना, कार्यप्रणाली, जवाफदेहिता सम्बन्ध, आन्तरिक लोकतन्त्र र कार्यसम्पादन प्रणालीमा पुनर्वोध ग-यो ।
प्रविधि, विचार र चेतनाको परिवर्तनलाई सार्वजनिक प्रशासनभित्र ल्याउने अभिष्ट यस पुस्ताको थियो । एक्काइसौ सताव्दीको आसपासमा डेनहार्ट–डेनहार्टको वैचारिक आन्दोलनपछि नया सार्वजनिक सेवाको अवधारणालाई पाँचौ पुस्ताका रुपमा लिइन्छ । नयाँ सार्वजनिक सुशासन ९एनपिजी० र नयाँ सार्वजनिक जागरुकता (न्यू पव्लिक प्यासन) को अवधारणा विकास भएपछि अवको प्रशासन छैठौ पुस्तामा रुपान्तरण हुने क्रममा छ । प्रशासनको पुस्तान्तर हुदा मूलतः सम्वन्ध प्रणाली, जवाफदेहिता संरचना, सफलता सूचक, प्रशासकका गुणहरु जस्ता पक्षमा परिवर्तन र परिस्करण हुदै आएका छन् । यसले सरकारलाई उत्पादनशील बन्न, उत्पादन संरचना बदल्न, सेवाग्राहीसंग सम्बन्ध सुधार्न, नेतृत्वको स्वभावशैली बदल्न, नीति व्यवस्थापनमा सेवाग्राहीलाई सहभागी बनाउन र सार्वजनिक क्षेत्रलाई प्रतिस्पर्धी बनाउन जोड दिएको छ ।
पुस्तान्तर प्रक्रियालाई गतिवान बनाउन (क) असाधारण रुपमा विष्फोट भैरहेको ज्ञान र प्रविधि, (ख) संस्थात्मक पुनसंरचना, (ग) बढ्दो अन्तरआवद्धता र विश्वव्यापीकरण, (घ) जनसंख्या र सांस्कृतिक विविधता र (ङ) परम्परागत विश्वासप्रतिको स्खलनले उर्जा दिइरहेको छ । र, यो उर्जा प्रत्येक पछिल्ला दिनमा बढ्दै पनि गएको छ । नयाँ सार्वजनिक जागरुकता ९एनपीपी० ले स्वचालित आन्तरिक कार्यजागरणलाई व्यवस्थापनको शक्ति मान्छ, जुन जेनीजी र अल्फा जेनेरेशनको स्वभावलाई संवोधन गर्नेतर्फ लक्षित छ । बहुसीपयुक्त र आभ्यान्तरिक जागरणको कर्मचारीले मात्र जेनजी । अल्फाजेनलाई सेवा व्यवस्थापन गर्नसक्छ ।
नेपालको सार्वजनिक प्रशासनमा पनि पुस्तान्तरको प्रभाव पर्दै आएको छ । अव प्रशासन भद्रहरुको प्रशासनका रुपमा मात्र रहन सक्दैन, न असल, कार्यकुशल र प्रतिस्पर्धी मात्र भएर सुख पाउछ, न परम्परागत संरचना र कार्यविधिका आधारमा मात्र चल्न सक्छ । उच्चस्तरीय प्रशासन सुधार आयोगको प्रतिवेदन २०४८ ले सार्वजनिक प्रशासनका परम्परागत कार्यलाई पुनसंरचना गरी व्यावसायिकता विस्तारमार्फत सेवाग्राही–सेवादायी सम्बन्धको सुदृढीकरण गर्न सुझाएको थियो । यो प्रशासनको चौथो पुस्ताको सार्वजनिक प्रशासनका लागि प्रस्थानविन्दु थियो ।
दोस्रो चरणको सुधार आरम्भको विन्दु थियो । संगठन संरचनालाई कार्यमूलक बनाउने, कार्यसम्पादन सूचकलाई उपयोगमा ल्याउने, सेवा प्रवाह प्रविधिको प्रयोग गर्ने, सकेजति डिजिटलसेभी बन्ने, सहउत्पादनका प्रणाली शुरु गर्ने जस्ता कार्यहरु भएका छन् । साथै प्रणालीभित्र विविधता व्यवस्थापन र प्रतिस्पिर्धात्मकतालाई पनि प्रोत्साहन गरिएको छ । सुधारको माग प्रशासनभित्रबाट र बाहिरको दवाव पनि छ । सेवाग्राही पनि डिस्रप्टिभ बन्दै गएका छन्, समय र संयमको सीमा खुम्चिएको छ । प्रशासनिक सास्तीबाट सेवाग्राहीले मुक्ति खोजिरहेका छन् । चौथो पुस्ताका प्रशासकहरु प्रत्येक हिजोभन्दा राम्रो र सेवाग्राहीको मनजित्ने गरी प्रस्तुत हुने वातावरण निर्माण गर्न तल्लीन छन् । आफ्नै पुस्तामा काम गर्ने अघिल्ला पुस्ताका शैली, बृत्ति र प्रवृत्तिका साथीहरुबाट उसलाई घोचिरहेको छ । अघिल्ला पुस्ताले पोख्दै आएको निराशा र आलोचना प्रवृत्तिबाट मुक्त हुने संघर्षमा छ यो पुस्ता।
एउटा उदाहरण यहा प्रस्तुत गर्नु सान्दर्भिक हुन्छ । केही बर्षअघि विश्व नापनक्सा दिवसको दिन नापी विभागले आयोजना गरेको सुधारविमर्श कार्यक्रममा पाँचपुस्ताबीचको नापनक्सा पेशा (सर्भे प्रोफेशनल) को स्थितिले बडो गजवको चित्र देखाएको थियो । पहिलो पुस्ताका सर्भेयर बुद्धीनारायण श्रेष्ठ, दोस्रो पुस्ताका बावुराम आचार्य, तेस्रो पुस्ताका गणेशप्रसाद भट्ट, चौथो पुस्ता कि भुषण रञ्जित र पाँचौ पुस्ताका उत्तम पुडासैनीका विचार, अपेक्षा, दृष्टिकोणहरु एकै समयमा रहेर पनि पाँच पुस्तामा छरिएका थिए ।
नेपालको जग्गा प्रशासन जञ्जिरबाट ड्रोनमा पुग्दै गरेको संक्रमणमा छ । यो पेशा ‘जञ्जीरबाट ड्रोन’ हुँदै एआईतर्फ अगि बढ्दै गएको पुस्तान्तरले प्रतिक्रिया, कार्यसम्पादन र कार्यसंस्कृतिमा पनि छलाङ मारेको छ । यो एउटा साङ्केतिक दृष्टात्न मात्र हो । बैंक, बीमा, नागरिकता, राहदानी, परीक्षा, उद्योग, कृषि, राजस्व संकलन र भुक्तानी लगायत सार्वजनिक व्यवस्थापनका सवै क्षेत्रमा पुस्तान्तरको गतिशीलता र संक्रमण देखिएको छ । यो यात्रा निरन्तरको हो र समाजको विवेकपूर्ण निर्माण यसको कार्य हो । तर के भुल्नु हुन्न भने पुस्तालाई सोच, बृत्ति र प्रवृत्तिले छुट्याउने हो, न कि उमेर, प्राज्ञिकता र परिवेशले ।
पुस्तान्तरको गति पक्डिन चुके पुस्ताहरु अवसरबाट किनारा लाग्नेछन्, जसरी कोडाक, फुजीजस्ता कम्पनीहरु एपल र सामसुङबाट विस्थापित भए । पुस्तान्तरको गति पक्डिन नसक्दा कैयन सरकारहरु समयका अवसरहरु फुत्किए । जेनजी र अल्फाजेनका स्वाद सन्तुष्टिमा सेवा दिन सार्वजनिक प्रशासन प्रणाली, कर्मचारी भर्ना छनौट, अभिमुखीकरण, सीपशिक्षा र कार्यसंस्कृति विकास पनि त्यसै अनुरुप हुनु पर्दछ । एक्काइसौ शताव्दीका सेवाग्राही, उन्नासै शताव्दीको प्रणाली र २० औं शताव्दीको कर्मचारी रहँदा सरकारको प्रभावकारिता र औचित्य पुष्टि गर्न सकिदैन ।
प्रतिक्रिया