युट्युबको मनिटाइज पोलिसी परिवर्तन, साना क्रिएटरलाई हुनेछ फाइदा

काठमाडौं । अहिलेको चल्तीको भिडियो साझेदारी प्लेटफर्म युट्युब निकै उपयोगी बन्दै गइरहेको छ । हिजो गुमनाम रहेकालाई युट्युबको भिडियोले रातारात स्टार मात्रै बनाइरहेको छैन आर्थिक स्तर उकास्नसमेत यसले भूमिका खेलिरहेको छ ।
प्रविधिको वरदान सावित युट्युबलाई आर्थिक उपार्जनमा जोड्ने सोचमा हुनुहुन्छ भने तपाईंका लागि एउटा शुभ समाचार छ । अब कम सब्सक्राइबर भए पनि रकम आउनका लागि जरुरी पर्ने मनिटाइज हुने भएको छ ।
यसअघि युट्युबले मनिटाइजेसनका लागि १००० सब्सक्राइबर हुनुपर्ने नीति बनाएको थियो । अब त्यसलाई परिमार्जन गरेर ५०० मा झारिएको छ । साना ‘क्रियटर’हरूलाई मध्यनजर गरेर युट्युबले यस्तो व्यवस्था गरेको हो ।
वाच आवर अवधि पनि घटाइएको छ । यसअघि वाच आवर ४००० रहेकोमा त्यसलाई घटाएर ३००० बनाइएको हो । शर्ट भ्युजलाई पनि एक करोडबाट ३० लाखमा झारिएको छ । आम्दानीतर्फ पनि केही संशोधन गरिएको छैन ।
कम्पनीका अनुसार, यो नियम सुरुमा अमेरिका, क्यानडा, बेलायत, ताइवान र दक्षिण कोरियामा लागू हुनेछ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया