NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

सुन तस्करीका नाइके दावाले सिआइबीको बयानमा के भने ?

सुन तस्करीका नाइके दावाले सिआइबीको बयानमा के भने ? हङकङबाट नेपालमा सुन तस्करी गर्ने गिरोहका मुख्य व्यक्ति मानिएका दावा छिरिङले सुन तस्करीमा आफ्नो संलग्नता स्वीकार गरेका छन् । सिआइबीसँगको बयानमा तस्करीको सुन बिक्रिमा आफुले सघाएको स्वीकार गरेका हुन् ।

यस्तो छ उनको बयानको सारांशः

Mi Tian,  Yang Wen र Yao Pucheng लाई चिन्दछु । Yang Wen ले मैले संचालन गर्दै आईरहेको भियना होटल सँगै रहेको KTV  रेष्टुरेन्ट  संचालन गरिरहेको र भियना होटलमा बस्दै आईरहेका छन् । Yao Pucheng मैले संचालन गर्ने भियना होटलमाबस्दै आएको र निजले पालैपालो करिब १०/१५ जना भारतिय केटीहरु भियना होटलमा लिएर आउने गरेका थिए । निजले  Hundai  कम्पनिको सेतो गाडी लिएर आउने गरेका थिए । मेरो श्रीमती अमला रोक्का मगर र मन्जिल श्रेष्ठको नाममा संयुक्त रुपमा होटल भियना दर्ता गरी संचालन गर्दै आईरहेको छु।  मैले मेरो बेल्जियमको राहदानीको फोटोकपी पेश गरिअध्ययन भिषाको लागि नेपालमा स्ट्याण्डर्ड चाटर्ड बैंकमा खाता खोलेको छु उक्त खातामा करिब नेपाली ४ लाख रकम मौज्दात छ ।

प्रतिवादी चाईनिज नागरिकहरू Mi Tian, Yang Wen, Yao Pucheng बस्दै आएका छन । निज Yao Pucheng लाई पनि भियना होटलमा लिइ आउने ब्यक्ति Yang Wen हुन् । निजहरुसंग अन्य  मेरो सम्पर्क छैन। Yang Wen लाई मसंग सम्पर्क गराउने ब्यक्ति Jiangsu  रेष्टुरेन्टका संचालक Lou Yao  भन्ने चाईनिज नागरिक हुन ।

मलाई Yulong  भन्ने चाईनिज नागरिकले ३/४ जना  चाईनिज नागरिक भारत जान खोजेका छन् । कोही भारतसम्म लगिदिने मान्छे भइ खोजिदिनु भनेको हुँदा मैले किशोर बस्नेतलाई भारतसम्म लगिदिने कोही ब्यक्ति भए खोज्नु भनेको थिए । किशोर बस्नेतले खोजेको मानिसले ४/५ लाख लाग्छ भनेको हुँदा मैले सोही कुरा  Yulong लाई भनेको थिए ।

तिब्बतको भाई गोम्बो (Gamboo) ले डिटरजेन्ट पाउडर मगाउनु पर्ने छ । कोही ल्याउने ब्यक्ति छ भने खोजिदिनु भने पश्चात मैले किशोर बस्नेतलाई फोन गरी मेरो होटलमा बोलाई सो डिटरजेन्ट पाउडर खोजेर ल्याउनु भनु पठाएकोमा किशोर बस्नेतले केही समय पश्चात केमिकल लिएर गाडी तपाईको होटलमा आउदैछ भनी फोन गरेका थिए । सो पश्चात गोम्बो(Gamboo) आई सो गाडी लिएर गएको थियो । सो  डिटरजेन्ट पाउडर सुन सफा गर्ने केमिकल हो भन्ने कुरा मलाई थाहा थिएन । सो पाउडर मगाई दिए पश्चात गोम्बो(Gamboo)ले मलाई रु.२०,०००।- र किशोर बस्नेतलाई रू. रु.२०,०००।– दिएका हुन् । सो  पाउडर गोम्बो(Gamboo) ले कहाँ लिएर गए मलाई थाहा छैन । सो केमिकलको रकम गोम्बो(Gamboo) आफैले दिएका हुन् ।

मैले मेरो होटल भियनामा बस्ने क्रममा चिनेको आगो भन्ने  Weng  Jinguo (चाईनिज राहदानी नं. EJ7786920) चाईनिज नागरिकले म पक्राउ पर्नु भन्दा करिब १५ दिन अगाडी  मलाई सुनको बिस्कुटको फोटो देखाई  नेपालमा सुनको दर के कती रहेको छ भनी सोधी सुन खरिद खरिद गर्ने मानिस खोज्नु, सुन खरिद गर्ने मानिस खोजे बापत प्रति के.जी नेपाली रु.२०,०००।– दिन्छु भनेको हुँदा मैले सो फोटो मेरो मोबाईलमा हाली सोही फोटो किशोर बस्नेतलाई सुन खरिद गर्ने मानिस खोज्नु सो बापत रु.२०,०००।– कमिशन आउछ भनेको हुँ ।

आगो भन्ने  Weng  Jinguo चाईनिज नागरिक, करिब ३ महिना अगाडी मेरो होटल भियनामा बस्न आउने क्रममा चिनेको हुँ । निज वाल्डो क्यासिनोमा गई खेल्ने गरेका थिए ।  चिनजान तथा परिचय भए पश्चात मैले निज आगो भन्ने  Weng  Jinguo चाईनिज नागरिकलाई हामीसँग खानी उत्खनन् गर्ने लाईसेन्स छ, तपाईसँग कुनै रकम लगानी गर्ने कम्पनी छ, छैन ? भनी सोध्दा निज आगो भन्ने  Weng  Jinguo चाईनिज नागरिकले सम्बन्धित ठाउँमा गई चेक गर्नु पर्छ भनी निज आगो भन्ने  Weng  Jinguo चाईनिज नागरिकले चिनबाट खानी सम्बन्धी काम गर्ने ३ जना बिज्ञहरुको टोली मगाई  निज आगो भन्ने  Weng  Jinguo चाईनिज नागरिक र निजले मगाएको विज्ञहरुको टोली र भाषा अनुवादक हेलिकप्टर चार्टर गरी  जिल्ला रोल्पामा गई ४/५ दिन बसी फर्किएका हुन् ।

पानी परेको र बाटोको सुबिधा नभएको कारण हाल खानी उत्खनन् गर्न सकिदैन भनी सो टोली फर्किएको हो । सो समयमा निजले मलाई सुनको बिस्कुट आकारको फोटो देखाई सो सुन खरिद गर्ने मानिस खोज्नु, सो सुन बिक्री गरे बापत प्रति के.जी. रु.२०,०००।– दिन्छु भनेका हुन् । मैले सोही फोटो पेम्बा दोर्जे शेर्पालाई सुनको फोटो देखाई सुन खरिद गर्ने मानिस खोज्नु सो बापत कमिशन आउछ भनी कुरा गरेको हुँ । मोबाईलको फोनसेटको Google Browre  मा ‘gold rate today’, ‘gold price in Nepal today’, one kg gold price in india’  लगायतका विवरणहरु चाईनिज नागरिक आगो भन्ने  Weng  Jinguo नेपाल र भारतमा सुनको कति पर्छ भनी सोधेको हुँदा मैले मेरो मोबाईलको गुगलबाट सुनको मूल्य सर्च गरेको हुँ ।

File Name:IMG_6225.JPG को Image File  को Image मा YUEXIN GOLD 1 KILO  लेखिएको सुनको फोटो File name:10542.video_thum.hd   को Image File  मा बाक्सामा सुन भएको फोटो देखिएको हुँदा सो फोटोहरु चाईनिज नागरिक आगो भन्ने  Weng  Jinguo ले पठाएका हुन्, File Name:213.pic_hd  भएको म्यासेजको Screenshot Image  मा “I have buyers for gold, gold ? you mean Gold jewelry or Gold bars?” भनी उल्लेख भएको कुराकानी थाहा छैन् ।

केरुङ भन्सारबाट चाईनिज रक्सी, चुरोट लिलाम गर्देछ भनी थाहा पाई सो लिलामीको बिषयमा कुरा गर्नको लागी WeChat प्रयोगकर्ता:Jhalak ram Adhikari(wxid_hlosd6zlg24422),राजस्व अनुसन्धान विभागका तत्कालिन  कार्यालय प्रमुख झलकराम अधिकारीलाई मैलेWeChat मा म्यासेज गरेको हुँ ।

निज झलकराम अधिकारीले निजको गाउँको मान्छेलाई पानी तान्ने Water Pump  आयात गर्नु पर्ने भएको हुँदा चिनबाट पानी तान्ने Water Pump आयात गर्ने कोही चिनेको मानिस छ कि भनेर मलाई सो फोटो पठाएका हुन । भाई सुनन् रेट के हो? यो २/३ दिनमा सामान कति किलो ७ किलो जति दिएछ, ५ किलो दिएको छ, पार्टीले किनिराछ, हिजो/अस्ती कति किलो किनेको छ भने ६५ किनेको छ भनी कुराकानी भएको हो ।

जिवन चलाउनेको  9779851127590  नं. को Whatsapp  मा जिबन चलाउनेले  30k$ sent to subu pratap kc in wells fargo bank  भनी देखिएको फोटोमा भएको रकम पेम्बा दोर्जे शेर्पाको अमेरिका बस्ने आफन्तलाई अमेरिकामा बस्ने जिबन चलाउनेको चिनेको मान्छेलाई अमेरिकी डलर३०,०००।- पठाएको भनी सो फोटो मलाई जिबन चलाउनेले पठाएका हुन ।

मेरो मोबाईलमा 20 July  मा हङकङबाट नेपाल Kerry On ले नेपाल Deliver  गर्न लागेको वा पछि Cancelगरेको बिषयमा नेपाल खबरले  प्रकाशन गरेको समाचारको फोटो मलाई किशोर बस्नेतले पठाएको हो ।

सो समाचारको फोटो  मैले अन्य मानिसहरुलाई देखाउन राखेको हुँ । अनुसन्धान भएको विमानस्थलबाट Electric Cigarate Vep मा सुन लुकाई छिपाई ल्याएको सुटकेश त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिए पश्चात चाईनिज नागरिक LiFuncheng ले सो Electric Cigarate Vep को फोटो पठाई सो Electric Cigarate Vep को बारेमा भन्सार कार्यालयमा बुझिदिनु भनी मलाई सो फोटो पठाएका थिए ।

Wechat User wxid_4isl6idnacu322 good@faith2  चाईनिज नागरिक ZHU हुन् । निज सँग USDT को बारेमा कुराकानी हुने गरेको थियो । मैले USDT  को Address: TN5AVEAuUxVDEGNKwngHgapw3ccrgMZn8Aचाईनिज नागरिक ZHU लाई पठाएको हो । निज सँग USDT  को   कारोबारको बारेमा सोधी सो  Address पठाएको हुँ । निजले अमेरिकामा अमेरिकी डलर दिने  र  सो बापत निजलाई USDT मा भुक्तानी दिने कुराकानी गरेको हो  । मैले चाईनिज नागरिक Yao Pucheng समेतलाई निजहरु समेत चाईनिज नागरिकहरु भएकोले कोठा खोजिदिएर सहयोग मात्र गरेको हुँ ।

मैले निज चाईनिज नागरिकहरु प्रतिवादी Yao Pucheng, Li Wen Tsung, Li Nengkai, DingSheng Fa मेरो होटलमा बसेका मात्र हुन् । मैले आज भन्दा १५/१६ वर्ष भन्दा अगाडी चिनेको तिब्वतियन नागरिक जिम्बा दोर्जे लामाले मलाई नेपाली नागरिकता बनाई म सँग शुरुमा  रु. ५०,०००।– र सो पश्चात रु. ५०,०००।–  गरी जम्मा रू. १,००,०००।– रकम र मेरो फोटो लिई गई जिल्ला प्रशासन कार्यालय, काभ्रेपलान्चोकबाट पेमा तामाङको छोरा निमा तामाङ भनी मेरो फोटो टाँस गरी  नेपाली नागरिकता प्रमाणपत्र बनाई ल्याई मलाई  दिएको हो । सो नागरिकता बनाउने समयमा म गएको थिईन । निज जिम्बा दोर्जे लामा (जिमी) ले के कसरी बनाई ल्याए मलाई थाहा भएन । यसरी नक्कली तथा कीर्ते कागजातको आधारमा नेपाली नागरिकता लिनु कानून बिपरितको कार्य हो ।

नेपाली राहदानी लिएको छैन् । मेरो मोबाईलमा भएका सुनका फोटाहरु मध्ये केही फोटो चाईनिज नागरिक आगो भन्ने  Weng  Jinguo ले पठाएका हुन, केही फोटो  र भिडियो डाउनलोड गरिएको हो भने म्यासेजमा मैले सुनको कुरा चाईनिज नागरिक आगो भन्ने Weng  Jinguo सँग मात्र गरेको छु र अडियोमा सुन सम्वन्धी कुरा गरेको छैन।मैले सुनको तस्करी गर्ने समूहलाई होटलमा कोठामात्र दिएको हुँ भन्ने समेत व्यहोराको वयान ।

मैले Crypto Wallet/Cryptocurrency खाता हालसम्म खोलेको छैन । म  सन २०२३ अप्रिल १९ देखी मे महिनाको २३ सम्म चिन देशको सिचवान प्रान्तमा बस्नु भएको मेरो आमालाई भेट्न गएको थिए । उल्लेखित मिति भित्र चाईनामै रहेको बेलामा मलाई स्क्रिन सट मलाई नाम अहिले याद नभएको अमेरिकन साथीसंग भेट हुँदा निजले मेरो WeChat मा पठाईदिएको फोटो हो ।

CryproCurrency Address (डिजिटल वालेट):TN5AVEAuUxVDEGNKwngHgapw3ccrgMZn8A मा भएको सन् 2023/03/10 देखि 2023/05/07 सम्म Total159 transaction, TRC20 Token Transfer: Total 134 transactions, Total USDT IN:1171663.771, Total USDT OUT: 2148648 कारोवार सम्बन्धमा मलाई थाहा छैन । उक्त कारोबार भएको स्क्रिनसट को-कसले मलाई पठाईदिएको हो सो समेत मलाई थाहा छैन ।मैले crypto Wallet/Cryptocurrencyप्रयोग गर्ने गरेको छैन् । साथिहरुले मसंग कुरा गरेको भएपनि मैले कुनै आईडी प्रयोग गरेको तथा कारोबार गरेको छैनथप बयान।