इन्सपेक्टर शिवाकोटी जेल चलान

काठमाडौं । आफ्नै घरमा काम गर्न राखेकी बालिकामाथि बलात्कारको अभियोग लागेको प्रहरी निरीक्षक बिदुर प्रसाद शिवाकोटी जेल चलान भएका छन् । जिल्ला अदालत, काठमाडौंले उनलाई बुधबार पुर्पक्षका लागि थुनामा पठाएको हो ।
काठमाडौंको नागार्जुन नगरपालिका–१ घर भएका शिवाकोटीले पढाउने सर्तमा एक बालिकालाई घरमा राखेका थिए । ती बालिकालाई काठमाडौं महानगरपालिकाले गत २३ जेठमा उद्धार गरेको थियो । उद्धारपछि बालिकाले आफुमाथि बलात्कार हुँदै आएको बताएकी थिइन् । सोही आधारमा प्रहरीमा जाहेरी परेको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहेका शिवाकोटाीलाई स्वयम्भु वृत्तले पक्राउ गरी अभियोजन प्रक्रिया अघि बढाएको थियो ।
प्रतिक्रिया