NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

कोरोना प्रकोपले म्याग्दे गाउँपालिकाको सेवा तीन दिन बन्द

तनहुँको म्याग्दे गाउँपालिकाले तीन दिन सेवा बन्द गरेको छ । गाउँपालिकाका केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि बुधबारदेखि शुक्रबारसम्म गाउँपालिकाको सबै सेवा बन्द भएको हो । संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्न र कोरोनाको जोखिम कम गर्न गाउँपालिकाको कार्यालय र सात वटै वडा कार्यालय कात्तिक १४ गतेसम्म बन्द रहने भएको हो । सो अवधिमा अत्यावश्यक सेवाबाहेक सबै सेवा पूर्ण रुपमा बन्द रहनेछन् ।