मेयर जो सरकारी रकमबाट चिया खाँदैनन्, जहाँ नगरका सरकारी कर्मचारीले छोराछोरी निजी स्कूलमा पढाउन पाउँदैनन्
सर्लाही । बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा देशका अन्य स्थानीय तहका प्रतिनिधिभन्दा बेग्लै छन् । सरकारी सेवा सुविधा उपभोग नगरी जनताको सेवामा निरन्तर तल्लीन हुन्छन् उनी । उनले अहिलेसम्म नगरप्रमुखले पाउने तलव, भत्ता,सवारी, इन्धन लगायतका कुनै पनि सेवा सुविधा लिएका छैनन् । ती सुविधा वापत प्राप्त गर्ने रकम नगरका विकास निर्माण तथा विपन्न नागरिकको जीवनस्तर माथि उकास्न लगानी गरेका छन् । उनी तत्कालीन एनेकपा माओवादीबाट निर्वाचित भएका प्रतिनिधि हुन् । गाउँ गाउँमा सिंहदरवारको राष्ट्रिय नारालाई सार्थक पार्न र विपन्न जनताको जीवनस्तर माथि उकास्न कुनै सरकारी सेवा सुविधा उपभोग नगरी तल्लीन भएको हुँ । ” उनी भन्छन् । नगर प्रमुखले हालसम्म सरकारी रकमबाट एक कप चिया पनि नखाएको प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोख्रेल बताउँछन् । “नगर प्रमुख चिया खान आफ्नो निजी निवास तथा होटल जानुहुन्छ । नगरप्रमुखले अहिलेसम्म नगरको रकमबाट व्यक्तिगत प्रयोजनका लागि एक रुपैँया पनि खर्च गर्नु भएको छैन ।” उनले भने । नगर प्रमुख थापाले निर्वाचनको समयमा जनतासित मत माग्दा जनाएको प्रतिवद्धता अनुरुप सरकारी सेवा सुविधा उपभोग नगरेको नगर उप प्रमुख लिलाकुमारी मोक्तानले बताइन् । नगर प्रमुखले नगरमा आएको बजेटमा अनियमितता नहोस् भनेर वडा अध्यक्षलाई बजेट विनियोजन गरेका छ्रैनन् । योजना लिएर आउने, योजना पास गराउने र काम सकेर बजेट लैजाने भन्दै सबै वडा अध्यक्षलाई बताएको वडा नं २ का वडाध्यक्ष दीपक लामाले जानकारी दिए । नगर प्रमुख नगरपालिकाको कामले बाहिर जानु पर्दा समेत आफ्नो निजी खर्च गर्ने गरेको नगरपालिकाले जनाएको छ । नगर भित्रका विपन्न नागरिकलाई नगरप्रमुख थापाले निजी खर्चमा उपचार तथा खाद्यन्नसमेत सहयोग समेत गर्दै आएका छन् । नगरपालिकाभित्र ११ वडा रहेका छन् । वडा नं ४ का हरिकृष्ण घिमिरे र वडा नं ५ का सुविर लामाले नगरप्रमुख थापाको मानवीय सेवा उत्कृष्ट रहेको बताउँछन् । करिव १ सय २० विघामा नगर बगैँचा, करिब २ सय विघामा पोखरी, उद्यान लगायतका योजना नगरपालिकाले सार्वजानिक गरेको छ । नगरपालिकामा कार्यरत कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमैं पढाउनुपर्ने नियम बनाइएको छ । यतिमात्रै थापाले नगरपालिकामा नेतृत्व गरेयता वडाका धेरै धुले सडक कालोपत्रे गरिएका छन् । रासस
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया