NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको सट्टामा नेपालमात्रै लेख्ने निर्णय गरेपछि कांग्रेसको आपत्ति

काठमाडौं । सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको सट्टामा नेपाल मात्रै लेख्न परिपत्र गरेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने गरी मातहतलाई सरकारले दिएको निर्देशनप्रति आपत्ति जनाएका हुन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालझ नलेख्न सरकारले मातहतलाई दिएको निर्देशन आपत्तिजनक छ । जेल बस्दाको सिद्धान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबद्धता ? होसियार ! संविधानको मर्म विरुद्धको कर्म ठाडै अस्वीकार्य छ ! जय नेपाल !’ शर्माको ट्वीटमा भनिएको छ । मंगलबार नेविसंघले पनि विज्ञप्ति जारी गर्दै सरकारको कदमको विरोध जनाएको छ । सरकारले गत असोज ११ को मन्त्रिपरिषद् बैठकबाट भएको निर्णय कार्यान्वयन गराउन मातहतका कार्यालयहरुलाई परिपत्र गरेको थियो । पत्राचारमा विभिन्न कुटनीतिक नियोगबाट हुने पत्राचार र कतिपय सरकारी लिखतहरुमा समेत नेपालको औपचारिक नाम नेपालीमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ र अंग्रेजीमा ‘Federal Democratic Republic of Nepal’ लेख्ने गरिएकोमा अब उप्रान्त नेपालको औपचारिक नाम नेपालीमा नेपाल र अंग्रेजीमा ‘Nepal’ लेख्ने भन्दै सरकारले परिपत्र गरेको व्यहोरा सार्वजनिक भएको छ । सरकारकाे यस्ताे कदमकाे सामाजिक स‌ंजालमा पनि उत्तिकै विराेध भएकाे छ ।