NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कोरोना संक्रमणको निःशुल्क परीक्षण र उपचार गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकले सरकारलाई अन्य शिर्षकमा भएको बजेट कटौटी गरेर भएपनि कोरोनाको निःशुल्क परीक्षण तथा उपचार गर्न सरकारलाई निर्देशन दिएको हो । निजी अस्पतालहरूले कोरोना संक्रमितको उपचार गरिरहेका सम्बन्धमा त्यसको अनुगमन गर्न तथा बढी शुल्क लिएको पाइए अस्पतालहरूलाई कारवाही गर्न पनि समितिले निर्देशन दिएको छ । समितिले कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थयकर्मीहरूलाई स्वास्थ्य सुरक्षा र भत्ताको व्यवस्था गर्न समेत निर्देशन दिएको छ । ‘बैठकले कोरोनाको निःशुल्क उपचार गर्न, स्वास्थ्यकर्मीहरूले भत्ता नपाएको भन्ने सन्दर्भमा उनीहरूलाई भत्ताको व्यवस्था गर्न तथा अस्पतालमा आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ,’ समिति सदस्य खगराज अधिकारीले नेपालवाचसँग भने ।कोरोना माहामारीका कारण नेपालमा संक्रमित हुनेको संख्या बढेपछि त्यसबारे छलफल गर्न ससंदको शिक्षा तथा स्वास्थ्य समितिको बैठक बसेको थियो ।