NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

अरु त त्यस्तै भो, सरकारले कोरोनाबाट मर्नेको संख्या पनि राख्न सकेन

काठमाडौँ । कोभिड महामारी नियन्त्रणको नेतृत्व गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म कोभिडबाट मर्नेको वास्तविक तथ्यांक संकलन गर्ने क्षमता समेत गुमाएको छ । मन्त्रालयले पत्रकार सम्मेलन गरेर कोरोना संक्रमितको संख्या र मृतकको संख्या सार्वजनिक गरेपनि त्यो संख्या एकीन नभएको मन्त्रालयकै प्रवक्ता जाज्ञेश्वर गौतमले स्वीकारेका हुन् । उनले नेपाली सेना र स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्ने तथ्यांक फरम परेको स्वीकारे । यस्तै गृह मन्त्रालयको तथ्यांक पनि नेपाली सेना र स्वास्थ्य मन्त्रालयको तथ्यांक भन्दा फरक परेको छ । स्वास्थ्य मन्त्रालय र सेनाको तथ्यांकबीच मात्र चार सयभन्दा बढीको फरक देखिएको छ । गृह मन्त्रालयले हरेक दिन तयार पार्ने तथ्यांक स्वास्थ्य मन्त्रालय, नेपाली सेनाले सार्वजनिक गरेको तथ्यांक ३ सय भन्दा बढी छ । मृतकको संख्या नै फरक परेपछि मन्त्रालयले मर्नेहरुको संख्या एकीन गर्न समिति नै बनाएको छ । तर समितिले निष्कर्ष निकाल्न सकेको छैन ।