प्रथम अध्यक्ष मैं हुँ, द्वितीय अध्यक्ष (प्रचण्ड)ले बैठकको अध्यक्षता गर्न पाउँदैनन्

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले आफू नै नेकपाको प्रथम अध्यक्ष भएको भन्दै धेरै झमेला नझिक्न प्रचण्डलाई आग्रह गरेका छन् । आफू प्रथम अध्यक्ष भएको हिसाबले पार्टी बैठकको सभापतित्व गर्ने भन्दै ओलीले द्वितीय अध्यक्ष (उपसभापति)ले सभापतित्व गरिपाउँ भन्नै नमिल्ने बताएका छन् । ‘प्रस्टै छ । म प्रथम अध्यक्ष हो। उहाँ द्वितीय अध्यक्ष। म पनि कार्यकारी हो, उहाँ पनि कार्यकारी । हामीकहाँ प्रथम अध्यक्षचाहिँ झन् सेरेमोनियल हुन्छ र ? कार्यकारी हो । अर्को कुरा, जब प्रथम अध्यक्ष छ भने त्यस ठाउँमा दोस्रो अध्यक्षले अध्यक्षता गर्न पाऊँ भन्न मिल्छ’ अन्नपूर्णपोष्टसँगको कुराकानीमा ओलीले भनेका छन्, ‘पार्टीका काम सबैले मिलेर गर्ने हो । म पार्टी चलाउन पाऊँ रे । के भनेको त्यो ? प्रथम अध्यक्ष छँदाछँदै द्वितीय अध्यक्षले अध्यक्षता गर्न पाऊँ भन्नु सभापति हुँदाहुँदै उपसभापतिले अध्यक्षता गर्न पाऊँ भन्ने कुराजस्तै हो ।’ द्वितीय अध्यक्ष भनेको द्वितीय अध्यक्ष नै हो भन्दै उनले अगाडि भनेका छन्–चाहे बराबर हैसियतको भन्नुस्, अध्यक्ष भने पनि द्वितीय अध्यक्ष नै हो। तैपनि सभापतित्व गर्नुस् तपाईं भनेर छाडिदिएको छ । चलाउनुस् न त, छाडिदिएकै छ। अनि के पुगेन अझै ? आफ्नो काम नगर्ने । पार्टी सञ्चालनका काम नगर्ने ।ओलीको पूरै अन्तर्वार्ता हेर्न यो लिंक क्लिक गर्नुहोस् ।
प्रतिक्रिया