प्रधानमन्त्री निवासमा अत्याधुनिक हेलिप्याड

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा हेलिप्याड निर्माण गरिएको छ । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बालुवाटारमा हेलिप्याडको निर्माण कार्य सकिएको जानकारी दिएका हुन् । नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार प्रधानमन्त्री निवासमा अत्याधुनिक हेलिप्याड निर्माण गरिएको हो । सोही हेलिप्याडको प्रयोग गरी प्रधानमन्त्री ओलीले बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत् संखुवासभा गएका थिए । सो उडान पहिलो भएको पनि थापाले जानकारी दिए । उनले भने, ‘यसबाट अब उपरान्त बालुवाटारबाट एयरपोर्ट जान÷आउन लाग्ने समय बचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना हुने छैन ।’
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया