कोरोनाको हटस्पट यातायात कार्यालय : न मास्क, न सेनिटाइजर, (फोटोभिडियाे)

काठमाडौं । कोरोना महामारी तीव्र भइरहँदा यातायात कार्यालयमा मानिसहरूको थामिनसक्नु भीड देखिन्छ । लामो लकडाउनपछि गत १ असारदेखि खुलेका यातायात कार्यालय गत ४ भदौमा सरकारले निशेधाज्ञा घोषणा गरेपछि पुनः बन्द हुन पुगेका थिए । २५ भदौमा निषेधाज्ञा खुलेपछि सरकारी कार्यालयसँगै यातायात कार्यालयहरू खुलेका थिए । लामो समयको लकडाउन र निशेधाज्ञाका कारण अहिले यातायात कार्यालयमा नयाँ सवारी लाइसेन्स बनाउने, नवीकरण गर्ने, राजस्व तिर्ने लगायतका कामका लागि मानिसहरूको खचाखच भीड देखिन्छ । बुधवार नेपालवाचकर्मी यातायात कार्यालय एकान्तकुना पुग्दा महालक्ष्मीस्थानदेखि कार्यालयसम्मै सवारी साधनको लाइन थियो । कतिपयले त बिहान दुईबजेदेखि लाइनमा बसेको बताए । ‘दुई बजेदेखि लाइनमा बस्दा पनि कहिले पालो आउने हो टुंगो छैन ।’ लाइनमा बसेका एक सेवाग्राहीले भने । कार्यालयले टोकन दिए पनि टोकन अनुसारको पालो नआउने सेवाग्राहीहरू बताउँछन् । कार्यालयमा सेवाग्राहीको बाक्लो भीडभाड देखिन्छ । कोरोना महामारीकाबीच न सामाजिक दूरी छ न मास्क, सेनिटाइजरजस्ता सुरक्षाका उपाय । सेवाग्राहीहरू एकअर्कामा टाँसिएर लाइनमा बसेका देखिन्छन् । ‘कमाउने समयमा दिनभरि लाइनमा बस्दा पनि पालो आउँदैन ।’ एक सेवाग्राही गुनासो गर्छन् ।यातायात कार्यालय भन्छ – सामाजिक दूरीका लागि नागरिक नै सचेत हुनुपर्ने हो, हामीले केही गर्न सकेनौं कोरोना महामारीकाबीच यातायात कार्यालयमा भएको यो खचाखच भीडलाई कार्यालय भने सामान्यीकरण गर्छ । यातायात कार्यालय एकान्तकुनाका सूचना अधिकारी लेखनाथ खतिवडा उपत्यकाका अन्य यातायात कार्यालय कोभिडका कारण बन्द भएपछि थप असर यहाँ परेको बताउँछन् । भिडियाे : https://www.youtube.com/watch?v=-f5Vi6Jc4-k सामान्य कामका लागि पनि सहजीकरण नगर्ने कार्यालय उल्टो नागरिकलाई दोष दिन्छ । सामाजिक दूरीका लागि नागरिक नै सचेत हुनुपर्ने हो, हामीले केही गर्न सकेनौं ।’ उनी भन्छन् ।अब विद्युतीय माध्यमबाट कर तिर्ने व्यवस्था गर्नेबारे सोचिरहेको सूचना अधिकारी खतिवडा बताउँछन् । फाेटाेभिडियो : अनिल लिम्बुसम्पादन : शालिक भट्ट
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया