रेलमार्गको लिकमा रहेका ६ सय क्लिप चोरी

काठमाडौं । निर्माण सम्पन्न भएर औपचारिक उद्घाटनको पर्खाइमा रहेको जयनगर कुर्था रेलमार्गमा रेल्वे लिकमा रहेका क्लिप चोरी हुन थालेको छ । ३५ किलोमिटर मार्ग निर्माण सम्पन्न भएपछि नेपाली रेल जनकपुर आइसकेको छ । तर औपचारिक उद्घाटन अझै हुन सकेको छैन् । धनुषाको कर्थाबाट महोत्तरीको बिजलपुरा हुँदै बर्दिबाससम्मको ६९ किलोमिटर रेल्वे लिकको निर्माण कार्य जारी छ । तर भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्नुपर्ने रेल्वे लिकको ‘क्लिप’ गायब हुन थालेका छन् । रेल्वे लिकको क्लिप चोरेर कवाडमा बेच्ने गरेको बताइन्छ । एउटा क्लिपमा आधा केजी भन्दा बढी फलाम हुने गरेको र अहिलेसम्म ६ सय बढी क्लिप चोरी भएका छन् । धनुषाको खजुरीदेखि महिनाथपुरसम्म धेरै क्लिप चोरी भएका छन् । चरिचरन गर्न आउनेहरूले क्लिप निकालेको हुनसक्ने स्थानीयहरुको भनाई छ । दुई महिनाअघि नेपाल ल्याइएका एक इन्जिन र चारवटा बोगी रहेको रेलका दुई सेट अहिले सुरक्षित राखिएको छ ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया