मंसिर ३ गते पुनः बस्नेगरी नेकपा सचिवालय बैठक सकियो

काठमाडौं । नेकपा सचिवालय बैठक सम्पन्न भएको छ । आगामी ३ मंसिरमा बस्नेगरी आजको बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । विवादका बीच प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठक बिना कुनै निर्णय स्थगित भएको हो । दुवै अध्यक्षले एक अर्कामा दिएको पत्र र अन्तर पार्टी निर्देशिका समेत पढेर आउने गरी अर्को बैठक बस्ने भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु सचिवालय बैठकमा सबै सदस्य उपस्थित थिए । लामो समयसम्म बैठक बोलाउने विषयमा विवाद कायम रहेका बृला नेकपामा दुई अध्यक्षबीच पछिल्लो समय ‘पत्रयुद्ध’ नै भएको थियो । यस बैठक नेकपा विभाजन वा जुट को संघारमा रहेकाले पनि सचिवालय बैठकलाई निकै महत्वका साथ हेरिएको थियो ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया