NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

मानहुँकोट जाँदै गरेको माइक्रो दुर्घटना : एकको मृत्यु, पाँच घाइते

तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । पोखराबाट मानहुँकोट जाँदै गरेको ग १ ख २९४२ नम्बरको हायस माइक्रो मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खस्दा पोखरा महानगरपालिका तल्लो गगनगौडा बस्ने २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको हो । उनको दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए । उनका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् । माइक्रो सडकदेखि अन्दाजी ६०० मिटर तल खसेको छ ।