NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

इतिहासकै ठुलो आइपीओ आजबाट बिक्री खुला हुँदै

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अहिलेसम्मकै ठूलो आइपीओ आज १० बजेबाट सर्वसाधारणका लागि बिक्री खुला हुँदैछ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको आइपीओ जारी गरेको छ। यो आइपीओ नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो आइपीओ हो । यसले निष्कासन गर्न लागेको कुल सेयरमध्ये ०.२० प्रतिशत कर्मचारीको लागि छुट्याएको छ । यो १ लाख ६० हजार कित्ता सेयर हुन्छ । यता ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।बैंकले प्रतिकित्ता १ सय अंकित मूल्यमा आइपीओ जारी गर्न लागेको हो । यस आइपीओमा लगानीकर्ताले माघ ६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । त्यस अवधिमा आइपीओ बिक्री नभएमा माघ १६ गतेसम्म बिक्री खुला हुनेछ । यस आइपीओको बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । लगानीकर्ताहरुले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आइआर त्रिपल बी’ रेटिङ्ग दिएको छ । यसले बैंकको वित्तीय अवस्था मध्यम रहेको जनाउँछ । बैंकको हाल चुक्ता पुँजी हाल १२ अर्ब रुपैयाँ रहेको छ । नेपाल सरकारको समेत लगानी रहेको नेपाल इन्फ्रास्ट्रचर बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अधिकृत पुँजी ४० अर्ब तथा जारी पुँजी २० अर्ब रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्ने बैंकले जानकारी दिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष