प्रतिनिधि सभा विघटन : आज सर्वोच्चबाट ११ कि ५ न्यायाधीशले फैसला गर्ने भन्नेबारे टुंगो लाग्दै

काठमाडाैं । प्रतिनिधि सभा विघटन सम्बन्धी रिटमाथि आज सुनुवाइ हुँदैछ । यस रिटको सुनुवाइ भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलास गर्नेछ । गत ५ पुसमा सरकारले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै १३ वटा रिट दायर भएको थियो । यी रिटको सुनुवाइ सर्वोच्चको संवैधानिक इजलास बाटै किनारा लगाउने कि वृहत् पूर्ण इजलासबाट भन्नेमा बहस भइरहेको छ । आज यस विवादमाथि टुंगो लागेपछि प्रतिनिधि सभा विघटन संवैधानिक कि असंवैधानिक भन्नेमा मुल विवादमा प्रवेश गरि सुनुवाइ हुनेछ । यसअघि पनि प्रतिनिधि सभा विघटन हुँदा सर्वोच्चका ११/११ न्यायाधीशको वृहत् पूर्ण इजलासबाट सुनुवाइ भएको नजिर छ भने कानुनी अडबड फुकाउन गत लकडाउनमै पनि १९ जना न्यायाधीशको वृहत् पूर्ण इजलासले मुद्दा फैसला गरेको नजीर कायमै छ। प्रतिनिधि सभा विघटन सम्बन्धि रिटमाथि प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरू सपना प्रधान मल्ल, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेज बहादुर केसी रहेको संवैधानिक इजलासबाट सुनुवाइ भइरहेको छ । यस रिटमाथि न्यायाधीश हरिकृष्ण कार्कीको स्वार्थ बाझिएपछि इजलासबाट बाहिरिएका थिए र उनको ठाउँमा मल्ल आएकी हुन् ।
ताजा अपडेट
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
-
नाम्खाका पहिरो प्रभावितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह
-
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई हाई ग्रेड प्रोस्टेट क्यान्सर
-
बालकक्षा पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द
-
कान्ति लोकपथको ‘डाइभर्सन’ बग्यो, आवागमन अवरुद्ध
प्रतिक्रिया