NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

प्रतिनिधि सभा विघटन : आजबाट संवैधानिक इजलासमा बहस सुरु

काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजबाट बहस सुरु भएको छ । गत शुक्रबारको आदेश अनुसार आइतबारबाट संवैधानिक इजलासमा यो मुद्दामा निरन्तर बहस सुरु हुन लागेको हो । बहसमा रिट निवेदकले सुरुमा बहस गर्नेछन् । त्यस्तै एमिकस क्युरीबाट बोलाइएका वकिलहरुले पनि बहस गर्नेछन् । यस अघिसम्म रिट निवेदक पक्षले वृहत पूर्ण इजलासमा सुनुवाई गर्न माग गर्दै आएका थिए । तर, सर्वोच्चले यो मुद्दामा संवैधानिक इजलासमैं सुनुवाई गर्ने भनेपछि आजबाट निरन्तर बहस हुन लागेको हो । यसबीचमा मुद्दा संवैधानिक वा वृहत पूर्ण इजलासमा सनुवाई गर्ने भन्नेमा झण्डै एक महिनाको समय व्यतित भएको हो । ५ पुसमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन तोकेपछि यो कदम असंवैधानिक भएको भन्दै सर्वोच्चमा एक दर्जन बढी रिट परेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष