आफूलाई केटो भन्ने ओलीलाई योगेशको जवाफ : तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो

काठमाडौं । शनिबार प्रदेश नम्बर १ को भेलामा प्रधानमन्त्री एवं नेकपामा अध्यक्ष केपी ओलीले युवा नेता योगेश भट्टराईलाई ‘केटो’को संज्ञा दिएका थिए । केटोलाई चुनाव जिताएर मन्त्री बनाए पनि आफूलाई लात्ताले हानेर भागेको आरोप ओलीले लगाएका थिए । त्यसको जवाफ सामाजिक संजालमार्फत् भट्टराईले संयमतापूर्वक कडा जवाफ फर्काएका छन् । ‘केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्थामैं यहाँले कुर्सीप्राप्त गर्नुभएको हो । केटो भनिपाउँदा मलाई दुःख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो ।’ सामाजिक संजाल फेसबुकमा योगेशले लेखेका छन् । यस्तो भनेका थिए ओलीलेम कुनै बैगुनी केटोकेटीकी कुरा गर्न चाहन्न । तर, हाम्रै प्रदेशमा पनि त्यस्तै देखिएका छन् । दौडि दौडिकन गएर भोट मागेर यो केटोलाई जिताइदिनुस् मन्त्री बनाएर पठाइदिन्छु भनेर मन्त्री पनि बनाइयो । गरियो गरियो एक दिन त पुक्क लात्ताले हानेर भाग्यो । को भनेर हेर्दा त उही केटो । हामी यस्तोमा अल्झिदिनौं । युवाको कमी छैन । अरु युवालाई समेटेर अगाडि बढ्छौं । याे पनि पढ्नुस् को हुन् ओलीलाई लात्ताले हानेर भाग्ने ‘केटो’ !
ताजा अपडेट
-
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको भेट
-
वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड
-
प्रतिनिधिसभा बैठक : तिलगाउँका बासिन्दाको उद्धार गर्न माग
-
अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क
-
एमालेले कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी गर्दै
प्रतिक्रिया