NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

भारत जानेहरु बेचिने जोखिम बढी रहेको तथ्यांक सार्वजनिक

टीकापुर । एक गैरसरकारी संस्थाले एक बर्षमा ३०१ महिला तथा बालबालिकालाई उद्धार गरेको जनाएको छ । भारतका विभिन्न ठाउँमा बेचविखनमा लैजाने लागेका नेपालका ३०१ महिला तथा बालिकालाई ‘साना हातहरु नेपाल ’ नामको एनजिओले उद्धार गरेको दावी गर्दै तथ्यांक सार्वजनिक गरेको हो । कैलालीको सीमा नाका खक्रौलाबाट मात्र ३०१ जना महिला तथा बालिकालाई उद्धार गरेको साना हातहरु नेपालले जनाएको हो । दुई वर्षको अवधिमा यो संस्थाले चारवटा बेचबिखनसम्बन्धी मुद्धा चलाएको छ । संस्थाले रोजगारीका लागि भारत जानेहरु बेचिने जोखिम बढी रहेको तथ्यांक सार्वजनिक गरेको हो ।