NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

पोलमा होइन सल्लाको हरियो रुखबाटै तानियो बिजुलीको तार

हुम्ला । गाउँपालिका केन्द्रमा बत्ति बाल्न हरियो सल्लाको रुखबाट बिजुलीकोे तार तानिएको छ । याङगारमा रहेको पावर हाउसबाट लाईन तान्नका लागि पोल नहुँदा हरियो सल्लाको रुखबाट तार तानिएको हो । नाम्खा गाउँपालिका वडानं ४ याल्वाङ्गमा रहेको गाउपालिका केन्द्रमा बत्ति बाल्न सल्लाको हरियो रुखलाई पोल बनाएर बिजुलीको तार तानिएको छ । ३४ किलोवाट उत्पादन गर्दै आए याङगार खोला लघुजलविधुत वितरण केन्द्रले याङगार गाउँबाट ल्याएको मेन लाइनलाई हरियो सल्लाको रुखमा टाँगिएको छ । याङगार खोला लघुजलविधुत वितरण केन्द्रले याङगार गाउँ, याल्वाङ्ग, गाउँपालिक, बैक, गुम्बा लगायतका स्थानीयको घरमा बत्ति बाल्नका लागि पोल नभएपछि गाउँमा जसरी पनि बत्ति बाल्नु पर्ने भन्दै रुखकै सहायता लिएर पनि बिजुली यसरी रूखमा लगाइएकाे नाम्खा ४ याङगारका नाक्पा नुर्बु लामाले बताए । पोल विना हरियो रुखबाट बिजुली विस्तार गरेकाले रुखको आसपास जाने मानिस तथा पशुपंक्षीलाई समेत खतरा हुने भएको छ । तर यस्तो क्षतितर्फ ख्याल नगरी हरियो रुखमा बिजुलीको तार तानिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष