NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

ओम्नीमार्फत ल्याइएको स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको लेखा समितिको ठहर

काठमाडाैं । संसदको सार्वजनिक लेखा समितिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ओम्नी कम्पनीमार्फत ल्याएको स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको ठहर गरेको छ । सरकारले मेडिकल सामग्री ल्याउनका लागि १२ चैत ०७६ मा सरकारले ओम्नीसँग सम्झौता गरेको थियो । तर ओम्नीले चीनबाट स्वास्थ्य सामग्री खरिद गरी ल्याउँदा १० गुणाभन्दा महँगोमा परेको थियो। समितिले थप छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय पनि गरेकाे समितिका सचिव डा.राेजनाथ पाण्डेले बताए । शुक्रबार(आज)को लेखा समितिको बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि उपस्थित थिए। मन्त्री ढकालसँगको छलफलपश्चात लेखाले यस्तो निर्णय लिएको हो।

ताजा अपडेट

नेपालवाच विशेष