NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

आजका ‘गुड न्युज’ : सरकारले कोरोना खोप निःशुल्क उपलब्ध गराउने

काठमाडौं । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू संप्रसित भए । त्यसमा नकारात्मक भाव बोकेका खबरहरूको बर्चस्व थियो । विकृत राजनीति, अपराध, दुर्घटना लगायतका खबरहरूले सञ्चारमाध्यमहरूको अधिकांश स्थान ओगटे । नकारात्मक खबरको बाढीका बीच केही सकारात्मक सन्देशहरू पनि प्रवाहित भएका छन् । नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ, ताकि नकारात्मक समाचार पढेर आजित पाठकलाई केही राहत मिलोस् । सरकारले सबै नेपालीलाई कोरोना खोप निःशुल्क उपलब्ध गराउने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले कोरोनाविरुद्धको खोप समयमै नेपाल भित्राएर सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने बताएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघको नयाँ कार्यसमितिका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले उक्त कुरा बताएका हुन् । १४ वर्षमाथिका लागि समयमै गुणस्तरीय भ्याक्सिन नेपाल भित्र्याउने गरी काम गरिरहेको उनले बताए। त्यसको लागि सरकारले स्रोत अभाव हुन नदिने गरी काम गरिरहेको र कोरोना भ्याक्सिन सबै नेपालीको लागि निःशुल्क हुनेमा विश्वस्त हुन उनले आग्रह गरेका छन् । ओम्नीमार्फत ल्याइएको स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको लेखा समितिको ठहर संसदको सार्वजनिक लेखा समितिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ओम्नी कम्पनीमार्फत ल्याएको स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको ठहर गरेको छ । सरकारले मेडिकल सामग्री ल्याउनका लागि १२ चैत ०७६ मा सरकारले ओम्नीसँग सम्झौता गरेको थियो । तर ओम्नीले चीनबाट स्वास्थ्य सामग्री खरिद गरी ल्याउँदा १० गुणाभन्दा महँगोमा परेको थियो । शनिबारसम्म उखु किसानको बक्यौता नतिरे कारबाही गर्ने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले शनिबारसम्म उखु किसानहरुको बाँकी बक्यौता नतिरे आइतबारदेखि उद्योगीहरुलाई पक्राउ गरी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । उखु किसानहरुको आन्दोलनमा सर्मथन गर्न माइतीघर मण्डला पुगेर मन्त्री भट्टले बक्यौता तिर्नका लागि शनिबार पनि वाणिज्य बैंकहरुको शाखाहरु खुल्ला गर्नेे बताए । हट्यो जोर बिजोर प्रणाली आज शुक्रबारबाट काठमाडौँ उपत्यकाभित्र चल्ने सवारीमा लगाइएको जोर बिजोर प्रणाली हटेको छ । यसअघि कोरोना महामारीका कारण भएको लामो समयको लकडाउन खुलेसँगै काठमाडौँमा चल्ने सवारीमा जोर बिजोर प्रणाली लागू गरिएको थियो । विभिन्न यातायात व्यवसायी, मजदुर संघसंस्थाका प्रतिनिधि र सरोकारवालाको विहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको बैठकले जोर बिजोर प्रणालीले सार्वजनिक सवारीभित्र झनै भीड बढाएको निष्कर्ष निकालेको थियो ।