प्रचण्ड भेट्न खुमलटार पुगे ओली, छलफल सुरु

काठमाडौँ – सत्तारूढ नेकपाभित्र शक्ति संघर्ष चर्किरहेका बेला प्रधानमन्त्री केपी ओली अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार पुगेका छन्। उनीहरूबीच छलफल सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।ओली प्रचण्ड भेट्न शनिबार बिहान उनकै निवास खुमलटार पुगेका हुन् । प्रधानमन्त्री ओलीले पार्टीभित्र र सरकारकै मन्त्रीलाई समेत थाहै नदिइ संवैधानिक परिषद्सम्वन्धि अध्यादेश ल्याएपछि विवाद झन् चर्किएको थियो। याे पनि पढ्नुहाेसप्रचण्ड भेट्न ओली आफ्ना विश्वासपात्र लिएर खुमलटार जाँदै
प्रतिक्रिया