१७ पुसमा राप्रपाकाे उपत्यकाव्यापी प्रदर्शन, हिन्दू राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाको माग

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ।राप्रपाले हिन्दू राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै उपत्यकामा प्रदर्शन गर्न लागेको हो। शनिबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलामा राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना हुनुपर्ने बताए। पछिल्लो समय देशभर हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा व्यापक जनआवाज उठिराखेकोले त्यसमा राप्रपाको समेत समर्थन रहेको उनको भनाइ छ । राप्रपाले झापा, मकवानपुर र महोत्तरी लगायतका जिल्लामा जनप्रदर्शन गरिसकेको र यही पुस १७ गते काठमाडौंमा समेत प्रदर्शन गर्न लागेको उनले जानकारी दिए । यस्तै अहिलेको बुहमत प्राप्त सरकारले जनताको अभिमतको दुरुपयोग गरिरहेको र त्यसको पूर्ण रुपमा विरोध गर्दै मुलुकमा हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्न दवाव दिन पनि आन्दोलन आवश्यक रहेको उनी बताउँछन्। अध्यक्ष राणाले महँगी नियन्त्रण, बेरोजगारी समस्या समाधान गर्न, भ्रष्ट्राचार नियन्त्रण गर्न, संगठित धर्म परिवर्तन रोक्न सरकार असफल भएकाले पनि राप्रपा सडकमा उत्रनुपरेको बताए। कार्यक्रममा अर्का अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा स्वस्फुर्त रुपमा भइरहेको प्रदर्शनमा राप्रपाको समर्थन रहेको र अब हुने आन्दोलनको नेतृत्व राप्रपाले गर्ने बताए । कोरोना महामारी नियन्त्रण गरी आर्थिक विकास गर्न सरकार पूर्णरुपमा असफल भएको बताउँदै जनताले चाहेको परिवर्तनलाई संस्थागत गर्न पनि आन्दोलन आवश्यक रहेको अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीकाे भनाइ छ
ताजा अपडेट
-
हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली
-
कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई ब्रोडवेकाे छुट
-
हिमालयले आज जलवायुको सबैभन्दा ठूलो भार बोकेकाे छ : परराष्ट्रमन्त्री
-
संसदीय समितिबाट निजामती विधेयक पास, २ वर्ष कुलिङ पिरियड, उमेर हद ६० वर्ष
-
दुई अर्ब ६१ करोड राजस्व सङ्कलन
प्रतिक्रिया