NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

सर्वोच्च बारको चुनावमा ९० प्रतिशत मत खस्यो, मतगणना सुरु

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनमा भएको मतदान सकिएको छ । १५ नयाँ कार्यसमितिको लागि सत्तारूढ नेकपा र प्रतिपक्षी कांग्रेस निकट कानुन व्यवसायीहरु प्यानल नै खडा गरेर मैदानमा उत्रिएका थिए । शनिबार भएको निर्वाचनमा ९० प्रतिशतभन्दा बढी मतदान भएको निर्वाचन समितिका सदस्य अधिवक्ता मुरारी सापकोटाले जानकारी दिए । उनले दिउँसाे ३ः३० बजे मतदान सकिएको र केही समयअघिबाट मतगणना पनि सुरु भएको बताए । उनले आजै रातिसम्ममा मतपरिणाम आउने पनि जानकारी दिए । प्रगतिशीलतर्फ वरिष्ठ अधिवक्ता रविनारायण खनाल र लोकतान्त्रिकतर्फ वरिष्ठ अधिवक्ता प्रा.पूर्णमान शाक्यको टिमले प्यानलनै खडा गरी चुनावी मैदानमा उत्रेका थिए । सर्वोच्च बारको निर्वाचनलाई नेपाल बार एसोसिएसन पछिको सबैभन्दा महत्वका साथ हेरिन्छ । सर्वोच्चमा बारमा ६ सय पाँच जना मतदाता रहेका थिए । तर आज भएको निर्वाचनमा भने ५ सय ५६ जनाले मात्रै मतदान गरेको अधिवक्ता सापकोटाले जानकारी दिए । वरिष्ठ अधिवक्ताहरूको बर्चश्व रहेको सर्वोच्च बारले २५ जना केन्द्रीय पार्सदहरु (नेपाल बार एसोसिएसनको सल्लाहकार) पनि चयन गर्नेछ भने अध्यक्ष, उपाध्यक्ष, सचिवसहित १५ जना नयाँ कार्यसमितिका लागि चयन हुनेछन् । याे पनि पढ्नुस्सर्वोच्च बारको निर्वाचन सरगर्मी : दुई समूहको प्यानल घोषणा