संसद् विघटनको प्रस्ताव राष्ट्रपतिकोमा

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको प्रस्ताव गरेका छन् । आइतवार वालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट विघटनको प्रस्ताव सिफारिस गरिएको हो । उक्त सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीकोमा लगिँदैछ । लामो विवादपछि अन्ततः प्रधानमन्त्रीले यस्तो निर्णय गरेका हुन् ।
प्रतिक्रिया