NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

निर्वाचन आयोगमा खबर पुग्यो, तयारीमा बस्नु

काठमाडौँ । संसद विघटन र राजनीतिक दल विभाजन सम्वन्धि अध्यादेश ल्याएको सरकारले निर्वाचन आयोगलाई तयारी अवस्थामा बस्न आग्रह गरेको छ । स्रोतका अनुसार बालुवाटारबाट निर्वाचन आयोगलाई दल विभाजनको अध्यादेश राष्ट्रपतिको पुगेको र अध्यादेश जारी भए लगत्तै निर्वाचनको तयारीमा जुट्नुपर्ने अवस्था आउने अनौपचारिक जानकारी गराइएको छ । तर, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने दल विभाजन, संसद विघटन लगाएतका विषयमा कुनै जानकारी नभएको बताए । ‘औपचारिक, अनौपचारिक कुनै जानकारी छैन, म मिडियामा आएका समाचार बढ्दैछु,’ थपलियाले भने । उनले संसद विघटनको प्रस्ताव स्वीकृत भएमा स्वभाविक रुपमा निर्वाचनको मिति घोषणा हुने र त्यसको तयारीमा लाग्नुपर्ने हुने उनले बताए ।