NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

विघटनको प्रस्तावपछि नेकपाले शासन गर्ने वैधता गुमायो : थापा

कांग्रेस नेता एवं सांसद गगन थापाले मन्त्रिपरिषद्ले संसद विघटन गर्न सिफारिस असंवैधानिक हठ भएको बताएका छन् । नेपालवाचसँग कुरा गर्दै थापाले कुनै व्यक्तिको लहडमा यसरी हठात प्रस्ताव गर्नु भनेको असंवैधानिक भएको थापाले बताए । ‘संविधानमा पुरानो अनुभवको आधारमा संसद विघटन नहोस् भन्ने हाम्रो व्यवस्था हो । तर, सरकारबाट हठात आएको यो कदम असंवैधानिक छ । यस्तो हठको संवैधानिक आफ्नै विधि छ’ थापाले भने, ‘तर, यसले के देखायो भने तीन वर्ष अघि शासन गर्न पाएको कम्युनिष्ट पार्टीको वैधता सकियो । संवैधानिक पुष्टि होला नहोला तर, कम्युनिष्ट पार्टीले अब शासन गर्ने वैधता गुमायो ।’ पार्टीले आकष्मिक बैठक बोलाएको छ भन्दै थापाले औपचारिक निर्णय केहीबेरमा गर्ने जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष