संसद विघटनको प्रस्तावपछि कांग्रेसले बोलायो आकस्मिक बैठक

काठमाडौं । संसद विघटन गर्न मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि यस विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल कांग्रेसले आकष्मिक बैठक बोलाएको छ । उपसभापति विमलेन्द्र निधिले १ बजे सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा पार्टी बैठक बोलाइएको जानकारी दिए । ‘जनताको कुनै काम नगर्ने यो सरकारले संविधानमाथि हस्तक्षेप गर्दै संघीयता, गणतन्त्रविरुद्ध काम गर्नु भनेको संविधानमाथि कू हो’ कांग्रेस उपसभापति विमलेन्द्र निधिले नेपालवाचसँग भने, ‘यो संवैधानिक कदमको विषयमा छलफल गर्न कांग्रेस सभापतिले एक बजे पार्टीको बैठक बोलाउनुभएको छ ।’
प्रतिक्रिया