बहुमत प्राप्त सरकार जिवित हुँदै संसद् मास्न मिल्दैन : सर्वोच्चका पूर्व न्यायाधीश केसी

काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले अहिलेको अवस्थामा सरकारले संसद् विघटन गर्न नसक्ने बताएका छन् । उनले बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्ने व्यवस्था संविधानमा नभएको बताए । ठूलो दलका नेताले बहुमत पाएर सरकारको नेतृत्व गरेकाले यस्तो अवस्थामा संसद् मास्न नपाइने उनको तर्क छ । ‘संविधानको धारा ८५ अनुसार अहिलेको सरकार गठन भएको हो, जुन दलले उनलाई प्रधानमन्त्री बनयो, त्यो दल जिवितै छ,’ पूर्वन्यायाधीश केसीले भने, ‘संविधान अनुसार अहिलेको बहुमत प्राप्त सरकारले संसद् मास्न पाउँदैन ।’ सरकारले संसद् विघटनको प्रस्ताव राष्ट्रपतिले अस्वीकार गर्नुपर्ने उनले बताए । उनले भने, ‘राष्ट्रपतिले संविधानविपरित काम गर्न मिल्दैन ।’
प्रतिक्रिया